Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

काठमाडौं उपत्यकामा मात्रै २० जना हैजा देखियो

२२ श्रावण २०८१ २०:४०

काठमान्डौ २२, नेपालभर  ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा  हैजा संक्रमितको संख्या  काठमान्डौ मा  २० जना सहित नेपाल भर  ३० जना मा देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार ललितपुर जिल्ला मा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुर र काठमाडौँमा  गरी उपत्यका भित्र मात्र २० जनामा हैजा पुष्टि भएको  इडिसिडीले जनाएको छ। यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये सबैभन्दा बढी  ७ जना ५ देखि १४ वर्षका बालबालिकालाई  रहेको महाशाखाले जनाएको छ। १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र  १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको महाशाखाले पुष्टि गरेको छ।

हैजाबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनु अघि र पछि,  दिसापिसाब गरेपछि र  फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ। सफा पानि खाने र सडेगलेको नखाने गर्नु पर्छ ।