Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

काठमाडौं उपत्यकामा मात्रै २० जना हैजा देखियो

२२ श्रावण २०८१ २०:४०

काठमान्डौ २२, नेपालभर  ३० जनामा हैजाको संक्रमण पुष्टि भएको छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)ले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा  हैजा संक्रमितको संख्या  काठमान्डौ मा  २० जना सहित नेपाल भर  ३० जना मा देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार ललितपुर जिल्ला मा हैजाका सबैभन्दा बढी संक्रमित फेला परेका छन्। ललितपुर र काठमाडौँमा  गरी उपत्यका भित्र मात्र २० जनामा हैजा पुष्टि भएको  इडिसिडीले जनाएको छ। यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये सबैभन्दा बढी  ७ जना ५ देखि १४ वर्षका बालबालिकालाई  रहेको महाशाखाले जनाएको छ। १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र  १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको महाशाखाले पुष्टि गरेको छ।

हैजाबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनु अघि र पछि,  दिसापिसाब गरेपछि र  फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ। सफा पानि खाने र सडेगलेको नखाने गर्नु पर्छ ।