Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

डेंगु संक्रमितको संख्या, तिन हजार नाघ्यो

२६ श्रावण २०८१ ०८:५२

छिल्लो चार दिनमा डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा ७१९ जना  डेंगुको संक्रमित थपिएका हुन्।

महाशाखाले सार्वजनिक गरेको यो तथ्यांक स्वास्थ्य संस्थामा आइपुगेका संक्रमितको विवरण मात्र हो। डेंगु संक्रमण भएर स्वास्थ्य संस्थामा नआइपुगेकाको संख्या पनि धेरै हुनसक्ने बताईएको छ ।

महाशाखाका अनुसार चार दिनमा थपिएका ७१९ जनासहित नेपालमा जनवरीदेखि हालसम्म ३ हजार ८४ जनामा डेंगु संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये एक जनाको मृत्यु भएको छ। डेंगुको संक्रमण ७३ जिल्लामा फैलिएको छ। जसमध्यै सबैभन्दा बढी तनहुँमा देखिएको छ। महाशाखाको तथ्यांक अनुसार पाँच सयभन्दा बढी संक्रमित देखिएको एक मात्र जिल्ला तनहुँ हो।  तनहुँमा ५ सय ८३ लाई डेंगु भएको छ। तनहुँमा ४ दिनमा निकै बढेको हो। चार दिनअघि जम्मा ११० जनामा डेंगु थियो।