Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

डेंगु संक्रमितको संख्या, तिन हजार नाघ्यो

२६ श्रावण २०८१ ०८:५२

छिल्लो चार दिनमा डेंगु संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको देखिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार दिनमा ७१९ जना  डेंगुको संक्रमित थपिएका हुन्।

महाशाखाले सार्वजनिक गरेको यो तथ्यांक स्वास्थ्य संस्थामा आइपुगेका संक्रमितको विवरण मात्र हो। डेंगु संक्रमण भएर स्वास्थ्य संस्थामा नआइपुगेकाको संख्या पनि धेरै हुनसक्ने बताईएको छ ।

महाशाखाका अनुसार चार दिनमा थपिएका ७१९ जनासहित नेपालमा जनवरीदेखि हालसम्म ३ हजार ८४ जनामा डेंगु संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये एक जनाको मृत्यु भएको छ। डेंगुको संक्रमण ७३ जिल्लामा फैलिएको छ। जसमध्यै सबैभन्दा बढी तनहुँमा देखिएको छ। महाशाखाको तथ्यांक अनुसार पाँच सयभन्दा बढी संक्रमित देखिएको एक मात्र जिल्ला तनहुँ हो।  तनहुँमा ५ सय ८३ लाई डेंगु भएको छ। तनहुँमा ४ दिनमा निकै बढेको हो। चार दिनअघि जम्मा ११० जनामा डेंगु थियो।