Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

भरतपुर महानगर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा

२७ श्रावण २०८१ १९:४३

भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिपोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । महानगरपालिकाभित्र रहेका ३१ हजार आठ सय ११ परिवारका १७ हजार ९४ बालबालिकामध्ये १२ हजार नौ सय ९८ बालबालिकाले पूर्णखोप पाएका छन् ।

१६ महिनादेखि ५९ महिनासम्मका ती बालबालिकाले पूर्णखोप पाएको र चार हजार तीन सय ३१ बालबालिका खोप लगाउने चरणमा नै रहेको महानगर जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।

उहाँकानुसार घरधुरी सर्वेक्षणका क्रममा छ जना बालबालिकाले कुनै पनि खोप नलगाएको र दुई सय २९ बालबालिकाले आंशिक खोप लगाएको पाइएको थियो । ती बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराएर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको हो । समन्वय प्रमुख अधिकारीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्णखोप दिगोपना सुनिश्चितता पालिका घोषणा गर्नुभएको हो । उहाँले सबैको प्रयासले महानगरलाई पूर्णखोप दिगोपन सुनिश्चित पालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।

“पूर्णखोपयुक्त पालिका घोषणा गर्न सबैको उत्तिकै जिम्मेवारी रहेको छ । घोषणापछि पुनः यसलाई कायम राख्नका लागि सबैको सक्रियता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । महानगर प्रमुख रेनु दाहालले बालबालिकालाई पूर्णखोप दिएर स्वस्थ राख्ने पालिकाको जिम्मेवारी रहेको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नका लागि आफ्ना बालबालिकालाई खोप अनिवार्य लगाउन आग्रह गर्नुभयो ।

दाहालले भन्नुभयो, “महानगरले स्वास्थ्यका क्षेत्रमा एक वडा एक स्वास्थ्य कार्यालय अवधारणाअनुसार आवश्यक कार्य अघि बढाएको छ । आधारभूत स्वास्थ्य सेवा सबैको घरदैलोमा पु¥याउन मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।” महानगर उपप्रमुख चित्रसेन अधिकारीले बालबालिका स्वस्थ रहेमा भविष्य उज्ज्वल हुने बताउनुभयो । उहाँले अभियानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जनस्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारी, भरतपुर महानगरपालिकाको सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेल लगायतले धारणा राख्नुभएको थियो । महानगरपािलकालाई यसअघि विसं २०७४ मा पनि पूर्णखोप घोषणा गरिएको थियो ।