Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

जापानिज इन्सेफलाइटिसबाट कैलाली घोडाघोडिमा दुई जनाको मृत्यु

१८ भाद्र २०८१ २०:५२

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीको घोडाघोडी नगरपालिका दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको जानाकारी गराएको छ ।

यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने  हो र यो रोगबाट  जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताउनु भयो । उहाले  भन्नु भयो  गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताउनु भएको छ   ।

संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताउनु भएको छ। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गर्दछ। यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ। तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन।

स्वास्थ्य कार्यालय  घोडाघोडि कैलालीमा आइतवार आपतकालीन बैठक बसी संक्रमण फैलिन नदिन सरोकारवालाहरूसँग छलफल गरिएको छ।

छलफलमा स्थानीय तहहरूसँग समन्वय गरेर संक्रमण फैलिन नदिने, बिरामीको प्रभावकरी उपचार गर्ने र संक्रमण देखिएको क्षेत्रको अनुगमन गरी खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

संक्रमण थप फैलिन नदिन खोपको व्यवस्थापन गरेर अहिले बिरामी फेला परेको ठाउँमा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय कैलालीले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।