Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

जापानिज इन्सेफलाइटिसबाट कैलाली घोडाघोडिमा दुई जनाको मृत्यु

१८ भाद्र २०८१ २०:५२

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीको घोडाघोडी नगरपालिका दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको जानाकारी गराएको छ ।

यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने  हो र यो रोगबाट  जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताउनु भयो । उहाले  भन्नु भयो  गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताउनु भएको छ   ।

संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताउनु भएको छ। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गर्दछ। यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ। तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन।

स्वास्थ्य कार्यालय  घोडाघोडि कैलालीमा आइतवार आपतकालीन बैठक बसी संक्रमण फैलिन नदिन सरोकारवालाहरूसँग छलफल गरिएको छ।

छलफलमा स्थानीय तहहरूसँग समन्वय गरेर संक्रमण फैलिन नदिने, बिरामीको प्रभावकरी उपचार गर्ने र संक्रमण देखिएको क्षेत्रको अनुगमन गरी खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

संक्रमण थप फैलिन नदिन खोपको व्यवस्थापन गरेर अहिले बिरामी फेला परेको ठाउँमा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय कैलालीले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।