Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

हुम्ला बाहेक अरु ७७ जिल्लामा डेङ्गु सङक्रमित को सङख्या बढ्दै

५ आश्विन २०८१ १०:१३

काठमान्डौ ५ असोज, लामखुट्टेको टोकाई बाट सर्ने डेङगु बिरामिको सङ्ख्या पछिल्लो सातामा पुरै बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गुबाट देशको हुम्ला बाहेक अरु ७७ जिल्लामा डेङ्गु सङक्रमित पुस्टि भएको छ । र अहिले सम्म देश भर बाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देश भर अहिले सम्म दश हजार भन्दा बढी जनामा डेङ्गु सङक्रमित पुस्टि भएको छ। सबै भन्दा धेरै गन्डकि प्रदेशमा त्यसमा पनि कास्कि र तनहुँ जिल्लामा धेरै जनामा डेङगु को पुस्टि भएको छ । धेरै मानिसमा लक्षण नदेखिने र चेकजाचँ नहुने भएको डेङगु को सङख्या अझै बढ्न सक्ने बताईएको छ । अझै १ महिना डेङगु  फैलन रोक्नु पर्ने छ र तिन तहका सरकारले यो रोकथाम मा ध्यान दिनु पर्ने मन्त्रालयले जनाएको छ । बिशेस गरी रोग प्रतिरोधात्मक क्षमता नभएका र गम्भिर किसिमका सन्चो नहुने रोग लागेका मानिसलाई डेङ्गु सङक्रमित छिटो हुने एक डाक्टर ले बताउनु भयो । यो रोग बाट बच्नका लागि घरवरपर सरसफाई राख्ने र वरी परी पानि जम्न नदिने र घर भित्र पनि सरसफाई गर्ने गरेमा डेङगुबाट बच्न सक्ने डाक्टरले बताउनु भयो ।