Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
Uncategorized

डेंगी रोग नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको सबैलाई अपिल

१० कार्तिक २०८१ ०९:२९

काठमाडौँ,   प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगी रोग नियन्त्रण गर्नका सवैमा अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गर्दै नेपालका केही जिल्लामा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेकोले नियन्त्रण गर्न सवैमा अपिल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हरेक शुक्रवार विहान १०ः बजे खोज र नस्ट गर अभियान देशब्यापी रुपमा संचालन गर्न सङ्घीय प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि अनुरोध समेत गरेका छन् ।

उनले डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल जस्तै पानी जम्ने ठाउँहरु खोजेर लामखुट्टेका लार्भा÷प्युपा नष्ट गर्नुपर्ने बताएका छन् ।

“नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ, त्यसैले डेंगी नियन्त्रणको यस अभियान सफल पार्न हामी आ–आफ्नो ठाउबाट सहयोग गर्न सबैमा अनुरोध गर्दछु,” उनले भने ।