Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
Uncategorized

डेंगी रोग नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको सबैलाई अपिल

१० कार्तिक २०८१ ०९:२९

काठमाडौँ,   प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगी रोग नियन्त्रण गर्नका सवैमा अपिल गरेका छन् ।

प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गर्दै नेपालका केही जिल्लामा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेकोले नियन्त्रण गर्न सवैमा अपिल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हरेक शुक्रवार विहान १०ः बजे खोज र नस्ट गर अभियान देशब्यापी रुपमा संचालन गर्न सङ्घीय प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै सम्पूर्ण आम नागरिक समेतको सहभागिताको लागि अनुरोध समेत गरेका छन् ।

उनले डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन स्थल जस्तै पानी जम्ने ठाउँहरु खोजेर लामखुट्टेका लार्भा÷प्युपा नष्ट गर्नुपर्ने बताएका छन् ।

“नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ, त्यसैले डेंगी नियन्त्रणको यस अभियान सफल पार्न हामी आ–आफ्नो ठाउबाट सहयोग गर्न सबैमा अनुरोध गर्दछु,” उनले भने ।