Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

बागमती प्रदेश सरकारको निर्णय :स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने

६ मंसिर २०८१ २०:४९

हेटौडा- बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार उक्त बैठकले निजामति सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अधिकृतलाई कामकाजमा खटाउने, परियोजना सम्झौता (प्रोजेक्ट एग्रिमेन्ट)मा राय/सहमति प्रदान गर्ने र राय/सहमतिमा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ। रासस