Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

बागमती प्रदेश सरकारको निर्णय :स्वास्थ्य सम्बन्धी नियमावलीलाई स्वीकृत प्रदान गर्ने

६ मंसिर २०८१ २०:४९

हेटौडा- बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन) नियमावली, २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार उक्त बैठकले निजामति सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अधिकृतलाई कामकाजमा खटाउने, परियोजना सम्झौता (प्रोजेक्ट एग्रिमेन्ट)मा राय/सहमति प्रदान गर्ने र राय/सहमतिमा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ। रासस