Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

स्वास्थ्य बीमा कार्यक्रमलाई बोर्डअन्तर्गत ल्याएर कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री पौडेल

११ मंसिर २०८१ १७:५३

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री  पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमहरुलाई स्वास्थ्य बीमा बोर्ड अन्तर्गत ल्याएर कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

आज सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा  आयोजित  एक कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्रि ले  यस्तो बताएका हुन्।

उनले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पारे। उहाँले नागरिकलाई दिने सेवा छिचोलेर नभइ एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए।

उनले सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा छरिएर रहेका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक रहेको बताए। सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न  तत्काल आवश्यक रहेको स्वास्थ्यमन्त्री को भनाइ छ।