Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान थाल्ने मन्त्री पौडेलको निर्णय

१६ मंसिर २०८१ २०:०१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।

मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।
मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरु जनस्तरमा पुर्याउने गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।

सोही अनुरुप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिनो अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन् ।

अहिले देशैभर मृगौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने बिरामीको संख्या बढिरहेको छ । संख्या बढेका कारण भएका डायलसिस गराउने संरचनामा दबाब परिरहेको छ । यसैगरी खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नु परिरहेको छ ।

‘बिरामी भए पछि हुने उपचारका लागि हामीले ठूलो श्रोत साधन खर्चनु परिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँग सँगै लाग्नेछौं ।’

उनले शुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित श्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मृगौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको देखाएको छ ।