Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता

२५ मंसिर २०८१ २१:२८

काठमाडौँ, २५ मंसिर । नेपालमा अंग प्रत्यारोपण गर्ने चिकित्सकहरुका दुई संस्थाबीच एकता हुने भएको छ ।

सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेशन (एनइएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) बीच एकता भएको हो । एकतापछि संस्थाको नाम सोसाइटी अफ अर्गान ट्रान्सप्लान्ट अफ नेपाल रहेको वर्तमान अध्यक्ष डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

एकतापछि बनेको संस्थाको पहिलो एक कार्यकाल तीन बर्ष डा. श्रेष्ठले नेतृत्व गर्ने छन भने त्यसपछि अर्को कार्यकाल (तीन बर्ष) डा. दिव्या सिंह शाहले नेतृत्व गर्ने सहमति भएको छ ।

संस्था अहिले दर्ता प्रक्रियामा रहेको छ । डा. शाहले नयाँ नेतृत्वको निर्वाचन गरि हस्तान्तरण गर्ने छिन् ।

दुवै संस्था एक भएर पहिलो पटक द हिमालय अंग प्रत्यारोपण अन्तराष्ट्रिय सम्मेलन यहि मंसिर २९ र ३० गते आयोजना गर्न थालेका छन् ।