Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता

२५ मंसिर २०८१ २१:२८

काठमाडौँ, २५ मंसिर । नेपालमा अंग प्रत्यारोपण गर्ने चिकित्सकहरुका दुई संस्थाबीच एकता हुने भएको छ ।

सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेशन (एनइएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) बीच एकता भएको हो । एकतापछि संस्थाको नाम सोसाइटी अफ अर्गान ट्रान्सप्लान्ट अफ नेपाल रहेको वर्तमान अध्यक्ष डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

एकतापछि बनेको संस्थाको पहिलो एक कार्यकाल तीन बर्ष डा. श्रेष्ठले नेतृत्व गर्ने छन भने त्यसपछि अर्को कार्यकाल (तीन बर्ष) डा. दिव्या सिंह शाहले नेतृत्व गर्ने सहमति भएको छ ।

संस्था अहिले दर्ता प्रक्रियामा रहेको छ । डा. शाहले नयाँ नेतृत्वको निर्वाचन गरि हस्तान्तरण गर्ने छिन् ।

दुवै संस्था एक भएर पहिलो पटक द हिमालय अंग प्रत्यारोपण अन्तराष्ट्रिय सम्मेलन यहि मंसिर २९ र ३० गते आयोजना गर्न थालेका छन् ।