Trending
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह     |     नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने     |     सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल     |     काठमाडौंमा बढ्दाे वायु प्रदुषण     |     नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी     |     अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता     |     काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान     |     अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण राम्रो बनाउनु पर्दछः मुख्यमन्त्री कँडेल     |     नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी     |     फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै     |    
नर्सिङ

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी

२९ मंसिर २०८१ १९:५१

काठमाडौं – नेपाल नर्सिङ संघमा को चुनावमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ। संघमा हिजो भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी छन ।

स‌ंघको अध्यक्षमा निर्वाचित शर्माले २१५० मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी गंगाकुमारी थापाले १३७० र बसन्ती थापाले २८२ मत ल्याएकी छिन्।

वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बाले जित हासिल गरेका छन्। सुब्बाले २०६० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत ल्याएकी छिन्। उपाध्यक्षमा २०११ मत ल्याएर बबिता घिमिरेले जित हासिल गरेकी छिन्। उपाध्यक्षकी अर्की उम्मेदवार मनिसा कोइरालाको १५७० मत आएको छ।

महासचिवमा देवकुमारी आचार्यले जित हासिल गरेकी छिन्। आचार्यले १७३३ मत ल्याउँदै जित हासिल गरेकी हुन्। उनकी प्रतिस्पर्धी मिनाकुमारी कार्कीको १३४७ र जानकी धामीको ६२२ मत आएको छ।

यस्तै सचिवमा २०९० मत सहित बेली पौडेलले जित हासिल गरेकी छिन्। जया मिश्रको १५७३ मत आएको छ।

कोषाध्यक्षमा तुलसादेवी अधिकारी २१८८ मत ल्याएर विजयी भएकी छिन्। अर्की उम्मेदवार रमादेवी पहारीले १४८२ मत ल्याएकी छिन्।
nan mata kati.jpg