Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल

१ पुष २०८१ २१:०४

काठमाडौं पुस ०१ – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा दुई जना डाक्टर सदस्यमा मनोनित भएका छन्।आज बसेको  मन्त्रिपरिषदको बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा .राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कास्कीका डा .बराल र भोजपुरका सापकोटालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए।

‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा राजेन्द्रप्रसाद बराल कास्की र दीपकराज सापकोटा भोजपुरलाई मनोनयन गर्ने निर्णय भएको छ,’ मन्त्री गुरुङले भने।