Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल

१ पुष २०८१ २१:०४

काठमाडौं पुस ०१ – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा दुई जना डाक्टर सदस्यमा मनोनित भएका छन्।आज बसेको  मन्त्रिपरिषदको बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा .राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कास्कीका डा .बराल र भोजपुरका सापकोटालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए।

‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा राजेन्द्रप्रसाद बराल कास्की र दीपकराज सापकोटा भोजपुरलाई मनोनयन गर्ने निर्णय भएको छ,’ मन्त्री गुरुङले भने।