Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
Uncategorized

भक्तपुर अस्पतालमा पाठेघरको असार मसान्त सम्म निःशुल्क उपचार

१५ जेष्ठ २०८१ ०३:३६
भक्तपुर, १५ जेठ । भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया सुरू गरेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् ।
निःशुल्क उपचार गरिएकामध्ये १८ जना सिन्धुपाल्चोक र बाँकी सिन्धुली, काभ्रेपलाञ्चोकलगायत जिल्लाका रहेका उनले बताइन् । भक्तपुरका ग्रामीण भेग र अन्य जिल्लाबाट पनि बिरामी आउनेक्रम जारी रहेको जानकारी दिँदै उहाँले महिलालाई रोग लुकाएर नबस्न र उपचारका लागि आउन आह्वान गरिन । डा गौतमले भनिन, “पाठेघर खस्ने समस्या लिएर आएका महिलामा धेरै पीडा लुकेको पाइँयो, केहीले रोग भन्न नसकेर बसे पनि धेरैले आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेको गुनासो गर्ने गरेको छन् । अब पैसा नभएकै कारण उपचार रोकिँदैन, हामी निःशुल्क उपचार गर्छौँ । यहाँ आएका जुनसुकै क्षेत्रका महिलाले निःशुल्क उपचार एवम् शल्यक्रिया सेवा पाउँछन् ।”
अस्पतालले बिरामीको पाठेघरको परीक्षण, ल्याब परीक्षण, शल्यक्रिया, अस्पतालमा रहेसम्म बिरामी र एकजना कुरुवालाई निःशुल्क खाना र बस्ने व्यवस्था गर्नुका साथै घर फर्कदा यातायात खर्चबापत रु एक हजार दिएर पठाउने गरेको छ ।
सङ्घीय सरकारबाट प्रदेश सरकार स्वास्थ्य निर्देशनालयमार्फत आउने बजेटबाट खर्च समायोजन गर्ने गरी पाठेघरको निःशुल्क उपचार एवम् शल्यक्रिया अभियान सुरू गरिएको जनाइएको छ । यो भियान असार मसान्तसम्म चल्नेछ ।