Trending
राकम कर्णालीमा ५० श्यैयाको अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत     |     मधेश प्रदेशका मुख्यमन्त्री सिंहले सप्तरी जिल्ला पुगेर दिए ४ अस्पताल बन्द गर्न निर्देशन     |     राजाबादी को हिंसात्मक आन्दोलमा २ जनाको मृत्यु ३५ जना घाइते     |     स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठानका चन्द्रबहादुर थापा नियुक्त     |     स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ :मन्त्री पौडेल     |     आज विश्व क्षयरोग दिवस मनाइँदै     |     स्वास्थ्य सचिव नियुक्तिको मन्त्रिपरिषदको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश     |     पक्षघात उपचारका लागि मन्त्री पौडेलले घोषणा गरेको निःशुल्क औषधी वितरण प्रक्रिया शुरु     |     दन्त स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा विविध कार्यक्रम     |     चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरुले विरोध प्रदर्शन थाले     |    
Uncategorized

फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

१६ मंसिर २०८१ २०:०९

काठमाडौं– नेपाल फार्मेसी परिषदले पुष ४ गतेदेखि लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषदलाई भनेका थिए ।

नेपाल फार्मेसी परिषदले  पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो।

परिषदले आगामी पुष ४ गतेबाट लागू हुने गरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरण मा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुष ४ गतेबाट लागू हुँदैछ।

यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका सजिष्ट्रार संजिवकुमार पाण्डेले बताए ।
मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सजग गराएका छन्।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले परिषदको निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएकोसमेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उनले बताए।

मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ।