Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

दन्त स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा विविध कार्यक्रम

७ चैत्र २०८१ २०:५७

काठमाडौँ, ७ चैत । कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर विश्व मुख तथा दन्त स्वास्थ्य दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ ।
कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले सहयोगमा सेन्टरले आज दिवसको अवसरमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना जगाउनका लागि र्याली र दन्त परीक्षण सम्पन्न गरेको छ ।
बिहान ८ बजे विभिन्न नाराका साथ बसुन्धरा तथ महाराजगञ्ज क्षेत्रमा र्याली गर्दै मुख तथा दन्त स्वास्थ्यको महत्वको बारेमा प्रचार प्रसार गरेको छ । र्यालीपछि सेन्टरमा कम्युनिटी ओरल हेल्थ प्रोग्राम रिर्पोट समेत सेन्टरका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले सार्वजनिक गरे ।
सोही कार्यक्रमपछि कलेजमा नै निःशुल्क दन्त शिविरको गरिएको पनि उनले जानकारी दिए । सो शिविरमा करिव तीन सय जनाको निःशुल्क दन्त परीक्षण गरियो ।

महिला स्वयसेविका लागि दन्त स्वास्थ्य सचेतना

यस्तै दिवसकै अवसरमा सेन्टरले टोखा नगरपालिकाका महिला स्वयसेविका लागि एक दिने मुख तथा दन्त स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
९८ जना महिला स्वयसेविकालाई नगरपालिकामा दन्त स्वास्थ्यको सचेतना गराउनका लागि कार्यक्रम आयोजन गरिएको सेन्टरका अध्यक्ष डा. श्रेष्ठले बताए ।
“महिला स्वयसेविकालाई अरु रोगको बारेमा तालिम आयोजना गरिएको हुन्छ । तर उनीहरुले दाँतको बारेमा नगरवासीलाई कुनै जनचेतना जगाएका हुँदैनन,”उनले भने, “हामीले पहिलो पटक उनीहरुलाई दाँत सम्बन्धि तालिम दियौ । अव उनीहरुले नगरपालिकामा दन्तरोगको बारेमा जनचेतना जगाउने छन् ।”

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको छ । नेपालीमा उमेरको हिसावले छिट्टै नै (३५ देखि ४४ वर्षमा) पाइरियाको कारणले गर्दा दाँत झर्ने समस्या देखिएको छ । यसका साथै दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सर जस्ता समस्याहरुबाट पिडितहरुको संख्या पनि दिन दिनै बढ्दै गइरहेको छ ।

६०.८ प्रतिशत बिद्यार्थीहरुमा दाँतको समस्या

यस्तै कन्तिपुर डेन्टल कलेजले तथा रोटरी ल्कव अफ काठमाडौं नर्थको सहकार्यमा गरेको अध्ययन अनुसार ६०.८ प्रतिशत बिद्यार्थीहरुमा दाँतको समस्या भेटिएको छ ।
सेन्टरका अध्यक्ष डा. श्रेष्ठका अनुसार आज सार्वजनिक गरिएको अध्ययनमा ३९.२ प्रतिशत विद्यार्थीको दाँत ठिक अवस्थामा रहेको छ ।
यस्तै ५.८ प्रतिशत विद्यार्थीको दाँत भरेको, ७.५ प्रतिशतको दाँत झरेका छन् ।
दुई देखि पाँच बर्ष उमेर समूहका बालबालिकाको ६६.५८ प्रतिशशत दाँत किराले गरेको पाइएको छ । यस्तै ६ बर्षदेखि १६ बर्ष उमेर समूहका विद्यार्थीको ६१.२९ प्रतिशत र १६ देखि माथिका उमेरसमूहका विद्यार्थीको ५३.९३ प्रतिशत किराले दाँत खाने गरेको पाइएको छ ।
९० वटा (६६ वटा सामुदायिक तथा २४ वटा निजि) बिद्यालयहरुका २७ हजार ५ सय ४८ जना बिद्यार्थीको दाँत परीक्षण गरेको थियो ।