Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
विचार

हैजा नियन्त्रणका लागि वीरगञ्जका सामुदायिक तथा निजी विद्यालय आइतबार र सोमबार बन्द

८ भाद्र २०८२ २१:५०

काठमाडौँ, ८ भदौ । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएको भन्दै आइतबार र सोमबार दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएका छन्।

महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा संक्रमण बढ्दै गएको परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरिएको उल्लेख छ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ। हाल १२९ जना उपचाररत छन्, जसमा ११ जनाको आईसीयूमा उपचार भइरहेको छ।

संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारका स्वास्थ्य निकाय सक्रिय छन् भने विश्व स्वास्थ्य संगठन (WHO) नेपालले प्राविधिक टोली र उपचारका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै सहयोग गरिरहेको छ।