Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
विचार

हैजा नियन्त्रणका लागि वीरगञ्जका सामुदायिक तथा निजी विद्यालय आइतबार र सोमबार बन्द

८ भाद्र २०८२ २१:५०

काठमाडौँ, ८ भदौ । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएको भन्दै आइतबार र सोमबार दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएका छन्।

महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा संक्रमण बढ्दै गएको परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन स्थगित गरिएको उल्लेख छ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ। हाल १२९ जना उपचाररत छन्, जसमा ११ जनाको आईसीयूमा उपचार भइरहेको छ।

संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारका स्वास्थ्य निकाय सक्रिय छन् भने विश्व स्वास्थ्य संगठन (WHO) नेपालले प्राविधिक टोली र उपचारका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै सहयोग गरिरहेको छ।