Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

भेरी अस्पतालमा निःशुल्क डायलायसिस सेवा सुरु

११ भाद्र २०८२ ०९:५०

पालगञ्ज, भदौ । भेरी अस्पतालमा मृगौला रोगीका लागि निःशुल्क डायलायसिस सेवा सुरु गरिएको छ। अबदेखि विपन्न नागरिक उपचार कार्यक्रम तथा स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत बिरामीहरूले अस्पतालमा निःशुल्क रूपमा डायलायसिस गर्न पाउनेछन्।

अस्पतालका अनुसार अत्याधुनिक मेसिनमार्फत दैनिक रूपमा दर्जनौँ बिरामीको डायलायसिस गरिँदै आएको छ। डायलायसिस महँगो उपचार प्रक्रिया भएकाले धेरै बिरामी आर्थिक कारणले उपचारमा वञ्चित हुने अवस्था रहेकोमा निःशुल्क सुविधा सञ्चालन भएपछि बिरामी तथा उनका परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले उपचार सेवामा अझ सहज पहुँच सुनिश्चित गर्न आवश्यक परे थप मेसिन र जनशक्ति परिचालन गर्ने योजना बनाइएको जानकारी दिएका छन्।

सरकारले विपन्न नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएको कार्यक्रमअन्तर्गत देशभरका विभिन्न सरकारी अस्पतालमा निःशुल्क डायलायसिस सुविधा विस्तार भइरहेको छ। भेरी अस्पतालमा सेवा उपलब्ध भएपछि कर्णाली र लुम्बिनी प्रदेशका धेरै बिरामीले पनि निकटतम स्थानमै सुविधा पाउने अवसर पाउने भएका छन्।