Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

भेरी अस्पतालमा निःशुल्क डायलायसिस सेवा सुरु

११ भाद्र २०८२ ०९:५०

पालगञ्ज, भदौ । भेरी अस्पतालमा मृगौला रोगीका लागि निःशुल्क डायलायसिस सेवा सुरु गरिएको छ। अबदेखि विपन्न नागरिक उपचार कार्यक्रम तथा स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत बिरामीहरूले अस्पतालमा निःशुल्क रूपमा डायलायसिस गर्न पाउनेछन्।

अस्पतालका अनुसार अत्याधुनिक मेसिनमार्फत दैनिक रूपमा दर्जनौँ बिरामीको डायलायसिस गरिँदै आएको छ। डायलायसिस महँगो उपचार प्रक्रिया भएकाले धेरै बिरामी आर्थिक कारणले उपचारमा वञ्चित हुने अवस्था रहेकोमा निःशुल्क सुविधा सञ्चालन भएपछि बिरामी तथा उनका परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले उपचार सेवामा अझ सहज पहुँच सुनिश्चित गर्न आवश्यक परे थप मेसिन र जनशक्ति परिचालन गर्ने योजना बनाइएको जानकारी दिएका छन्।

सरकारले विपन्न नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएको कार्यक्रमअन्तर्गत देशभरका विभिन्न सरकारी अस्पतालमा निःशुल्क डायलायसिस सुविधा विस्तार भइरहेको छ। भेरी अस्पतालमा सेवा उपलब्ध भएपछि कर्णाली र लुम्बिनी प्रदेशका धेरै बिरामीले पनि निकटतम स्थानमै सुविधा पाउने अवसर पाउने भएका छन्।