Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

बिरगंजमा हैजा नियन्त्रणका लागि सरकार र WHO सक्रिय

९ भाद्र २०८२ ०९:३३

वीरगंज, ९ भदौ (२५ अगस्ट)। बिरगंजमा हैजा  फैलँदै जाँदा संक्रमितको संख्या बढिरहेको छ। हालसम्म करिब ७०–८० जनामा रोग पुष्टि भएको छ भने दुई सयभन्दा बढी बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्। दुई जनाको मृत्यु भएको भए पनि हैजा नै कारण हो कि होइन भन्ने पुष्टि भइसकेको छैन।

बिरगज महानगरका वडा नं. ११, १२, १३, १६ लगायत क्षेत्रमा समुदायस्तरमै संक्रमण फैलिएको देखिएको छ। अस्पतालमा बिरामी चाप बढेपछि बेडको अभाव भएको र कतिपय बिरामीलाई भुइँमा राखेर उपचार भइरहेको छ।

यसबीच, संघीय सरकार, मधेस प्रदेश सरकार र विश्व स्वास्थ्य संगठन (WHO) सक्रिय बनेका छन्।

  • स्वास्थ्य मन्त्रालय र WHO को संयुक्त टोली वीरगंज पुगेको छ।

  • दूषित पानीलाई मुख्य स्रोत मानिँदै मोबाइल टोलीले वडा–वडामा नमूना परीक्षण र क्लोरिनिङ कार्य थालेका छन्।

  • बिरगंज महानगरपालिकाले २५ भन्दा बढी स्वास्थ्य टोली परिचालन गरी घर–घरमा सचेतना, पानी शुद्धीकरण र स्वास्थ्य निगरानी अभियान सञ्चालन गरिरहेको छ।

  • मधेस प्रदेश सरकारले नारायणी अस्पताललाई आवश्यक औषधि र सामग्री उपलब्ध गराएको छ।

  • गृह मन्त्रालयअन्तर्गत केन्द्रीय सुरक्षा समितिको बैठकले सेनादेखि प्रहरीसम्मलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

सुरक्षात्मक कदमका रूपमा महानगरभित्रका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ। सडकमा पाइने चटपटे, पानिपुरीजस्ता खानेकुरा तत्काल रोक्नुपर्ने माग जनस्वास्थ्य विज्ञहरूले गरेका छन्।

स्वास्थ्य अधिकारीहरूले दूषित पानीकै कारण रोग फैलिएको अनुमान गरे पनि नमूना परीक्षणको प्रतिवेदन आएपछि मात्र स्रोत निश्चित हुने बताएका छन्। तत्काल सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।