Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
पशु स्वास्थ्य

चितवनमा स्क्रब टाइफसबाट महिलाको मृत्यु, संक्रमितको संख्या ७३ पुग्यो

८ भाद्र २०८२ २१:५६

चितवन, ८ भदौ । चितवनमा स्क्रब टाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। आइतबार बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भदौ ४ गते अस्पताल भर्ना भएकी उनी छारे रोगबाट समेत पीडित थिइन्। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार अवस्था गम्भीर बन्दै गएपछि बचाउन सकिएन।

यस्तै, चितवनका जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेतीका अनुसार हालसम्म एक हजार ५३० जनाको परीक्षण गरिएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५८ जना चितवन जिल्लाका रहेका छन्।

स्क्रब टाइफसलाई स्थानीय भाषामा ‘जंगली ज्वरो’ पनि भनिन्छ। यो रोग ओरिएन्टिया त्सुत्सुगामुशी नामक जीवाणुबाट हुन्छ, जुन झारझुरुम्मा पाइने ‘चिगर’ नामक किराको टोकाइबाट मानिसमा सर्ने गर्दछ। यसका लक्षणमा अचानक ज्वरो आउनु, टाउको दुखाइ, शरीरमा र्‍यास आउनु, लिम्फ नोड सुन्निनु, वाकवाकी र शरीरमा घाउ देखिनु प्रमुख मानिन्छ।

रोग नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले अस्पतालहरूमा परीक्षण र उपचारको सुविधा विस्तार गरेको छ। साथै, सरसफाइमा ध्यान दिन, झारझुरुम्मा बस्दा सावधानी अपनाउन, घाँसदाउरा तथा खेतबारीमा काम गर्दा पूरा शरीर ढाक्ने लुगा लगाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।