Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
पशु स्वास्थ्य

चितवनमा स्क्रब टाइफसबाट महिलाको मृत्यु, संक्रमितको संख्या ७३ पुग्यो

८ भाद्र २०८२ २१:५६

चितवन, ८ भदौ । चितवनमा स्क्रब टाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। आइतबार बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भदौ ४ गते अस्पताल भर्ना भएकी उनी छारे रोगबाट समेत पीडित थिइन्। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार अवस्था गम्भीर बन्दै गएपछि बचाउन सकिएन।

यस्तै, चितवनका जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेतीका अनुसार हालसम्म एक हजार ५३० जनाको परीक्षण गरिएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५८ जना चितवन जिल्लाका रहेका छन्।

स्क्रब टाइफसलाई स्थानीय भाषामा ‘जंगली ज्वरो’ पनि भनिन्छ। यो रोग ओरिएन्टिया त्सुत्सुगामुशी नामक जीवाणुबाट हुन्छ, जुन झारझुरुम्मा पाइने ‘चिगर’ नामक किराको टोकाइबाट मानिसमा सर्ने गर्दछ। यसका लक्षणमा अचानक ज्वरो आउनु, टाउको दुखाइ, शरीरमा र्‍यास आउनु, लिम्फ नोड सुन्निनु, वाकवाकी र शरीरमा घाउ देखिनु प्रमुख मानिन्छ।

रोग नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालयले अस्पतालहरूमा परीक्षण र उपचारको सुविधा विस्तार गरेको छ। साथै, सरसफाइमा ध्यान दिन, झारझुरुम्मा बस्दा सावधानी अपनाउन, घाँसदाउरा तथा खेतबारीमा काम गर्दा पूरा शरीर ढाक्ने लुगा लगाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।