Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

वीरगञ्जमा हैजाको आतंक, संक्रमित ९३ पुग्दा अस्पतालहरूमा चाप

११ भाद्र २०८२ ०९:५३

वीरगञ्ज, ११ भदौ । वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण झन् बढ्दै गएको छ। सोमबारसम्म कुल ९३ जनामा हैजा पुष्टि भएको पर्सा जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकले भदौ ११ गतेदेखि १३ गते शुक्रबारसम्मका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो।

आइतबार बेलुकासम्म ७१ जना संक्रमित भेटिएकोमा सोमबार थप २२ जना थपिँदा संक्रमितको संख्या ९३ पुगेको हो। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिले वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।

अस्पतालमा गरिएको परीक्षणका नतिजा अनुसार नारायणी अस्पतालमा ३२ जना, तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना, तथा अर्ली अर्थो अस्पतालमा दुई जनामा हैजा पुष्टि भएको छ। त्यस्तै नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल र सर्वोत्तम अस्पतालमा एक–एक जना संक्रमित भेटिएका छन्।

हालसम्म वीरगञ्जका अस्पतालहरूमा आएका झाडापखाला र हैजासम्बन्धी बिरामीको कुल संख्या ३४४ पुगेको छ। तीमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियुमा१२२ जना जनरल वार्डमा उपचाररत छन्।

संक्रमण बढ्दै गएपछि महानगरमा त्रि–स्तरीय सरकार—संघीय, प्रदेश र स्थानीय—ले रोकथाम तथा नियन्त्रणका लागि अधिकतम प्रयास गरिरहेका छन्। तर पनि संक्रमितको संख्या घट्न सकेको छैन।