Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

कान्तिपुर डेन्टल कलेज र भारतको माइन्डस् बीच शैक्षिक सहकार्य सम्झौता

७ भाद्र २०८२ २१:१०

काठमाडौँ, ७ भदौ। कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित माहे इन्स्टिच्युट अफ डेन्टल साइन्स (माइन्डस्) बीच शैक्षिक र प्राविधिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार दुवै संस्थाबीच विद्यार्थी र संकाय आदानप्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदानप्रदान हुनेछन्। यस सहकार्यबाट दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ।

शुक्रबार सम्पन्न हस्ताक्षर कार्यक्रममा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीकमान श्रेष्ठले हस्ताक्षर गरेका थिए भने माइन्डस् तर्फबाट अध्यक्ष केपी रमेशकुमार र प्रिन्सिपल प्रा. अनिल मलेथले हस्ताक्षर गरेका छन्।

यस सहकार्यबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी दन्त चिकित्सक तयार हुने र दक्ष मानव संसाधन उत्पादन हुने विश्वास व्यक्त गरिएको छ।