Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

कान्तिपुर डेन्टल कलेज र भारतको माइन्डस् बीच शैक्षिक सहकार्य सम्झौता

७ भाद्र २०८२ २१:१०

काठमाडौँ, ७ भदौ। कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित माहे इन्स्टिच्युट अफ डेन्टल साइन्स (माइन्डस्) बीच शैक्षिक र प्राविधिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार दुवै संस्थाबीच विद्यार्थी र संकाय आदानप्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदानप्रदान हुनेछन्। यस सहकार्यबाट दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ।

शुक्रबार सम्पन्न हस्ताक्षर कार्यक्रममा कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीकमान श्रेष्ठले हस्ताक्षर गरेका थिए भने माइन्डस् तर्फबाट अध्यक्ष केपी रमेशकुमार र प्रिन्सिपल प्रा. अनिल मलेथले हस्ताक्षर गरेका छन्।

यस सहकार्यबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी दन्त चिकित्सक तयार हुने र दक्ष मानव संसाधन उत्पादन हुने विश्वास व्यक्त गरिएको छ।