Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
Uncategorized

निजामती अस्पतालको निर्देशकका लागि ३ जना डाक्टरहरुको नाम सार्वजनिक

२५ फाल्गुन २०८१ २०:०८

काठमाडौं- निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि सिफारिसमा परेका तीन जनाको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छ। निर्देशकका लागि आवेदन दिएका १० जनामध्ये प्रस्तूतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखाले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको पत्र अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा. प्रमोद यादव दोस्रो नम्बरमा डा .रुद्र मरासिनी र तीन नम्बरमा डा. मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ।

अस्पतालका हालका निर्देशक डा .बिधान निधि पौडेलको कार्यकाल फागुन २५ गते (आज) बाट सकिँदै छ।