Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
Uncategorized

निजामती अस्पतालको निर्देशकका लागि ३ जना डाक्टरहरुको नाम सार्वजनिक

२५ फाल्गुन २०८१ २०:०८

काठमाडौं- निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि सिफारिसमा परेका तीन जनाको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छ। निर्देशकका लागि आवेदन दिएका १० जनामध्ये प्रस्तूतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखाले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको पत्र अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा. प्रमोद यादव दोस्रो नम्बरमा डा .रुद्र मरासिनी र तीन नम्बरमा डा. मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ।

अस्पतालका हालका निर्देशक डा .बिधान निधि पौडेलको कार्यकाल फागुन २५ गते (आज) बाट सकिँदै छ।