Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
Uncategorized

करिव ४० प्रतिशत किशोरीले क्यान्सर विरुद्धको एचपिभी खोप लगाए

२५ माघ २०८१ २२:१३

काठमाडौंँ, २५ माघ ः सरकारले संचालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानमा करिव ४० प्रतिशत किशोरीले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप संचालन भएको तेस्रो दिन (माघ २४) सम्म आइपुग्दा ३९.४६ प्रतिशत किशोरीले खोप लगाएका छन् । जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका छन् ।

“खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ । किशोरीहरु खोप लगाउन आइरहेका छन” उनले भने “हामी लक्ष्य अनुसार नै सवै किशोरीलाई खोप लगाउँछौ ।”

उनका अनसार कोशीमा ३८.७ प्रतिशत, मधेशमा १९.९ प्रतिशत, वागमतीमा ४१.६ प्रतिशत, गण्डकीमा ४५.२ प्रतिशत, लुम्बिनीमा ४९.७ प्रतिशत, कर्णालीमा ३७.७ प्रतिशत र सुदूरपश्चिममा ३९.५ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

जिल्लागत रुपमा सवभन्दा धेरै अछाम जिल्लाका किशोरीले खोप लगाएका छन् । अछामका ८९.३ प्रतिशत किशोरीले एचपिभि खोप लगाएका उनले बताए । यस्तै वैतडीका ८२.७ प्रतिशत, गोरखाका ७७.८ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

शाखा प्रमुख डा. गौतमले लक्ष्य अनुसार सवै किशोरीलाई खोप लगाइने जानकारी दिए ।

सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान संचालन गर्दै छ । खोप अभियानमा देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाउने लक्ष्य राखेको छ ।