Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
Uncategorized

करिव ४० प्रतिशत किशोरीले क्यान्सर विरुद्धको एचपिभी खोप लगाए

२५ माघ २०८१ २२:१३

काठमाडौंँ, २५ माघ ः सरकारले संचालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानमा करिव ४० प्रतिशत किशोरीले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप संचालन भएको तेस्रो दिन (माघ २४) सम्म आइपुग्दा ३९.४६ प्रतिशत किशोरीले खोप लगाएका छन् । जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका छन् ।

“खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ । किशोरीहरु खोप लगाउन आइरहेका छन” उनले भने “हामी लक्ष्य अनुसार नै सवै किशोरीलाई खोप लगाउँछौ ।”

उनका अनसार कोशीमा ३८.७ प्रतिशत, मधेशमा १९.९ प्रतिशत, वागमतीमा ४१.६ प्रतिशत, गण्डकीमा ४५.२ प्रतिशत, लुम्बिनीमा ४९.७ प्रतिशत, कर्णालीमा ३७.७ प्रतिशत र सुदूरपश्चिममा ३९.५ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

जिल्लागत रुपमा सवभन्दा धेरै अछाम जिल्लाका किशोरीले खोप लगाएका छन् । अछामका ८९.३ प्रतिशत किशोरीले एचपिभि खोप लगाएका उनले बताए । यस्तै वैतडीका ८२.७ प्रतिशत, गोरखाका ७७.८ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

शाखा प्रमुख डा. गौतमले लक्ष्य अनुसार सवै किशोरीलाई खोप लगाइने जानकारी दिए ।

सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका गत माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान संचालन गर्दै छ । खोप अभियानमा देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाउने लक्ष्य राखेको छ ।