Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठानका चन्द्रबहादुर थापा नियुक्त

१२ चैत्र २०८१ २२:४४

काठमाडौं- चैत्र १२ ,स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्। मंगलबार मन्त्रिस्तरीय निर्णयबाट उनलाई  स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो।

थापा  यसअघिको   बोर्डको सदस्य भएर काम गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा  बोर्डको अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।

थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए। ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,’ मन्त्री पौडेलले भने। थापा प्युठान जिल्लामा जन्मिएका हुन र थापाले राजनितिक शास्त्रमा स्नाकोत्तर र कानुनको बिषयमा स्नातक समेत पास गरेका छन । थापा बिगत १० बर्ष देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आईरहेका छन ।