Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले सप्तरी जिल्ला पुगेर दिए ४ अस्पताल बन्द गर्न निर्देशन

१८ चैत्र २०८१ ०६:५०

जनकपुर,चैत्र । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सप्तरी  जिल्ला पुगेर निजी अस्पतालहरुको अनुगमन गरेका छन् । उनले बोदेबर्साइनस्थित पाँच अस्पताल अनुगमन गर्नु भई त्यहाका  चार वटा अस्पताल  अवैध रुपमा सञ्चालनमा रहेको पाईएको छ

मुख्यमन्त्री सिंहले अनुमतिविना  सप्तरीमा सञ्चालित लाइफ केयर पोलिक्लिनिक प्रा.लि, छिन्नमस्ता डेन्टल क्लिनिक प्रा.लि, सगरमाथा डेन्टल क्लिनिक प्रा.लि, नइमा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रा.लि  सहित ४ अस्पतला लाई  बन्द गर्न निर्देशन दिएका थिए ।

यस्तै बोदेबर्साइनमा स्वास्थ्य व्यवसायी परिषद बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा ८ बेड र अन्तरङ्ग विभागमा ९ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटललाई १५ दिनभित्र कानूनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन  समेत मुख्यमन्त्रि सिंहले दिएका छन ।

बोदेबर्साइन नगरपालिकाबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको  जीवन ज्योति  अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शय्या सञ्चालन गरिरहेको पाइएको मुख्यमन्त्री सिंहको बताएका छन ।