Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले सप्तरी जिल्ला पुगेर दिए ४ अस्पताल बन्द गर्न निर्देशन

१८ चैत्र २०८१ ०६:५०

जनकपुर,चैत्र । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  सप्तरी  जिल्ला पुगेर निजी अस्पतालहरुको अनुगमन गरेका छन् । उनले बोदेबर्साइनस्थित पाँच अस्पताल अनुगमन गर्नु भई त्यहाका  चार वटा अस्पताल  अवैध रुपमा सञ्चालनमा रहेको पाईएको छ

मुख्यमन्त्री सिंहले अनुमतिविना  सप्तरीमा सञ्चालित लाइफ केयर पोलिक्लिनिक प्रा.लि, छिन्नमस्ता डेन्टल क्लिनिक प्रा.लि, सगरमाथा डेन्टल क्लिनिक प्रा.लि, नइमा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रा.लि  सहित ४ अस्पतला लाई  बन्द गर्न निर्देशन दिएका थिए ।

यस्तै बोदेबर्साइनमा स्वास्थ्य व्यवसायी परिषद बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा ८ बेड र अन्तरङ्ग विभागमा ९ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटललाई १५ दिनभित्र कानूनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन  समेत मुख्यमन्त्रि सिंहले दिएका छन ।

बोदेबर्साइन नगरपालिकाबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको  जीवन ज्योति  अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शय्या सञ्चालन गरिरहेको पाइएको मुख्यमन्त्री सिंहको बताएका छन ।