Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

स्वास्थ्यमा राज्यको चार प्रतिशत लगानी पनि घट्ने खतरा छ :मन्त्री पौडेल

११ चैत्र २०८१ २१:१२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले राज्यले स्वास्थ्यमा गरेको चार प्रतिशत लगानी पनि घट्ने खतरा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति नरहेकाले नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास आवश्यक रहेको बताएका हुन् । उनले भने,‘राज्यले ४ प्रतिशतको हाराहारीमा हुँदै गर्दा यो कुनैपनि मापदण्डमा आधारित छैन् । तर अवस्था कस्तो छ भने यही ४ प्रतिशत पनि घट्ने होकि भन्ने खतरा छ । त्यसैले राज्यले पूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने स्थिति छैन भने नागरिक योगदानमा आधारित बीमा प्रणालीको विकास गरौं ।’

त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा व्यापक विकास भएको भएता पनि पहुँच पुग्नेगरी विकास नभएको भन्दै वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न आवश्यक रहेको बताए ।

उनले भने,‘स्वास्थ्य क्षेत्रमा विकास नभएको होईन व्यापक विकास भएको छ । तर पहुँच पुग्नेगरी विकास भएको छैन् । पहुँच पुुग्नेगरी विकास भएन भने त्यसलाई विकास मानिदैन् । त्यसैले हामीले स्वास्थ्य क्षेत्रमा पहुँच पुग्नेगरी विकास गर्नका निम्ति विद्यमान स्थितिलाई बदल्न सक्नुपर्छ ।’

त्यस्तै मन्त्री पौडेलले राज्यले आम्दानी गर्ने सबै क्षेत्रबाट थोरै भएपनि बीमामा योगदान पुग्ने स्थिति बनाउन आग्रह गरे ।