Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

बिएम फाउण्डेशनले ५० महिलाको निःशुल्क पाठेघरको चेकजाँच

८ पुष २०८१ ०९:३८

काठमाडौँ,  पुस । बीएम फाउण्डेशनले महिलाहरुको लागि निःशुल्क पाठेघर चेकजाँच शिविर सम्पन्न गरेको छ ।
बसुन्धरास्थित कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलको प्राङगणमा रोटरीक्लव अफ काठमाडौँ नर्थको सहयोग रहेको शिविर सम्पन्न गरेको हो ।
फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले शिविरमा ५० जना महिलाहरुको स्वास्थ्य जाँच गरिएको बताए । परीक्षणमा १५ जनाको प्यापस्मेयर गरियो भने ५ जनाको भिडियो एक्सरे गरिएको थियो । ३ जनाको प्रयोगशाला परीक्षण समेत गरिएको थियो । नागार्जुन नगरपालिका वडा नं. २ का महिलाहरुलाई ल्याई परीक्षण गरिएको थियो ।
उहाँले शहरी क्षेत्रका महिलाहरु पनि जनचेतनाको कमि भइएकोले परीक्षण गरिएको बताए । नेपालमा सवभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी देखिने गरेको छ ।
ग्रामीण क्षेत्रमा धेरै पटक निशुल्क शिविर सञ्चालन गरेको बीएम फाउण्डेशनले सोही अध्ययनलाई आधार मानेर यसपटक शहरी क्षेत्रका महिलाहरुको स्वास्थ्य जाँच गरेको छ ।
शिविरमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. मीना प्रधान, डा. पुजा यादव, बीएस्सी नर्स छिरिङ लोम्दान, स्टाफ नर्स इन्दिरा र शिविर संयोजकको रुपमा निशा तामाङ खटिएका थिए ।

“शहरी क्षेत्रका आम महिलाहरु स्वास्थ्यका धेरै सेवाबाट विमुख रहेको थाहा पाए” उनले भने, “त्यही भएर ति महिलाको निःशुल्क पाठेघरको परीक्षण गरिएको हो ।”
कार्यक्रममा रोटरी क्लव काठमाडौँ नर्थका प्रेसिडेन्ट प्रितम पौडेल तथा सर्भिस प्रोजेक्ट चियर पास्ट प्रेसिडेन्ट गौतमप्रसाद खनालले महिलाहरुको स्वास्थ्य जाँच गर्ने कार्यमा सहकार्य गर्न पाउँदा खुशी लागेको भन्दै भविस्यमा पनि सहकार्य जारी राख्ने बताए ।
विएम फाण्डेशनले समय समयमा दन्त शिविर, जनरल शिविर गर्दै आइरहेको छ ।