Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

बिएम फाउण्डेशनले ५० महिलाको निःशुल्क पाठेघरको चेकजाँच

८ पुष २०८१ ०९:३८

काठमाडौँ,  पुस । बीएम फाउण्डेशनले महिलाहरुको लागि निःशुल्क पाठेघर चेकजाँच शिविर सम्पन्न गरेको छ ।
बसुन्धरास्थित कान्तिपुर डेन्टल एण्ड जनरल हस्पिटलको प्राङगणमा रोटरीक्लव अफ काठमाडौँ नर्थको सहयोग रहेको शिविर सम्पन्न गरेको हो ।
फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले शिविरमा ५० जना महिलाहरुको स्वास्थ्य जाँच गरिएको बताए । परीक्षणमा १५ जनाको प्यापस्मेयर गरियो भने ५ जनाको भिडियो एक्सरे गरिएको थियो । ३ जनाको प्रयोगशाला परीक्षण समेत गरिएको थियो । नागार्जुन नगरपालिका वडा नं. २ का महिलाहरुलाई ल्याई परीक्षण गरिएको थियो ।
उहाँले शहरी क्षेत्रका महिलाहरु पनि जनचेतनाको कमि भइएकोले परीक्षण गरिएको बताए । नेपालमा सवभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवभन्दा बढी देखिने गरेको छ ।
ग्रामीण क्षेत्रमा धेरै पटक निशुल्क शिविर सञ्चालन गरेको बीएम फाउण्डेशनले सोही अध्ययनलाई आधार मानेर यसपटक शहरी क्षेत्रका महिलाहरुको स्वास्थ्य जाँच गरेको छ ।
शिविरमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. मीना प्रधान, डा. पुजा यादव, बीएस्सी नर्स छिरिङ लोम्दान, स्टाफ नर्स इन्दिरा र शिविर संयोजकको रुपमा निशा तामाङ खटिएका थिए ।

“शहरी क्षेत्रका आम महिलाहरु स्वास्थ्यका धेरै सेवाबाट विमुख रहेको थाहा पाए” उनले भने, “त्यही भएर ति महिलाको निःशुल्क पाठेघरको परीक्षण गरिएको हो ।”
कार्यक्रममा रोटरी क्लव काठमाडौँ नर्थका प्रेसिडेन्ट प्रितम पौडेल तथा सर्भिस प्रोजेक्ट चियर पास्ट प्रेसिडेन्ट गौतमप्रसाद खनालले महिलाहरुको स्वास्थ्य जाँच गर्ने कार्यमा सहकार्य गर्न पाउँदा खुशी लागेको भन्दै भविस्यमा पनि सहकार्य जारी राख्ने बताए ।
विएम फाण्डेशनले समय समयमा दन्त शिविर, जनरल शिविर गर्दै आइरहेको छ ।