Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

बझाङमा उपचारको लागि लैजादै गर्दा सुत्केरी आमाको र बच्चाको मृत्यु

२३ पुष २०८१ ०९:३८

बझाङ पुस २३, बझाङमा अस्पताल लैजाने क्रममा सुत्केरी महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ ।

केदास्युँ गाउँपालिका वडा न ‍ -१ की २१ वर्षीया सविता बोहरा र उनिबाट जन्मिएको बच्चाको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै बच्चालाई  जन्म दिएकी थिइन् ।

बच्चालाई  जन्मिएपछि धेरै रक्तश्राव भएर उनको मृत्यु भएको केदास्युँ गाउँपालिका- वडा न १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए का छन । उनकाअनुसार बच्चाको  पनि केही समयपछि मृत्यु भएको उनले बताए ।

कर्णाली र सुदुरपच्छिमका केहि  जिल्लाका दुर्गभ भेगमा समयमै गर्ववती महिलाहरुलाई  नजिकको स्वास्थ्य संस्थासम्म पुुगाउन नसक्दा बर्सेनि धेरै महिलाले ज्यान गुमाउन परेको छ ।