Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

बझाङमा उपचारको लागि लैजादै गर्दा सुत्केरी आमाको र बच्चाको मृत्यु

२३ पुष २०८१ ०९:३८

बझाङ पुस २३, बझाङमा अस्पताल लैजाने क्रममा सुत्केरी महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ ।

केदास्युँ गाउँपालिका वडा न ‍ -१ की २१ वर्षीया सविता बोहरा र उनिबाट जन्मिएको बच्चाको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै बच्चालाई  जन्म दिएकी थिइन् ।

बच्चालाई  जन्मिएपछि धेरै रक्तश्राव भएर उनको मृत्यु भएको केदास्युँ गाउँपालिका- वडा न १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए का छन । उनकाअनुसार बच्चाको  पनि केही समयपछि मृत्यु भएको उनले बताए ।

कर्णाली र सुदुरपच्छिमका केहि  जिल्लाका दुर्गभ भेगमा समयमै गर्ववती महिलाहरुलाई  नजिकको स्वास्थ्य संस्थासम्म पुुगाउन नसक्दा बर्सेनि धेरै महिलाले ज्यान गुमाउन परेको छ ।