Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो

४ माघ २०८१ २१:१५
लुम्बिनी, ४ माघ । लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ । प्रसूति सेवा विस्तार गर्दै तीन वटा शल्यक्रिया कक्ष थप गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सो प्रसूति शल्यक्रिया कक्षको औपचारिक उद्घाटन गरे। उपचार सेवालाई छिटोछरितो बनाउन थप गरिएका शल्यक्रिया कक्ष महत्वपूर्ण हुने उनले बताए । उनले भने, “अब शल्यक्रियाका लागि बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुन्छ भन्ने लागेको छ ।”
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा वासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा विनोद गिरी, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा इन्द्र ढकाललगायतको सहभागिता थियो ।
विगत तीन वर्षको तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक नौ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा गत आर्थिक वर्षमा १२ हजार ९८ जनाले प्रसुती सेवा लिएका  छन् ।