Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

नेशनल प्याथ ल्याब (एनपीएल)को ललितपुरको लगनखेलमा नयाँ शाखा

१२ माघ २०८१ १३:१६

काठमाडौं- नेशनल प्याथ ल्याब (एनपीएल)ले ललितपुरको लगनखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। एनपीएलले सञ्चालनमा ल्याएको यो १२औं शाखा हो।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुसालले शुक्रबार एनपीएलको नयाँ शाखाको औपचारिक उद्घाटन गरेका हुन्। लगनखेलमा शुरु भएको एनपीएलको शाखा ‘साइटोजेनेटिक्स, जेनेटिक र मोलिक्युलर प्याथोलोजी’ हो।

नयाँ शाखा लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको छ। एनपीएलले दिएको जानकारी अनुसार उक्त शाखा १५ करोड रुपैयाँ लागतमा स्थापना भएको हो। प्रयोगशालामा ‘सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरु’ अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिकाबाट उपलब्ध गराइने एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले जानकारी दिए।

ललितपुर शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धी परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत रहेको छ।

‘यो शाखामार्फत नेपालमा पहिलो पटक एकै छानामुनि नेक्स्ट—जेनेरेशन सिक्वेन्सिङ (एनजीएस), साइटोजेनिटिक्स र फिस तथा नवजात शिशु परीक्षणजस्ता सुपरस्पेशियालिटी परीक्षण हुनेछन् । नेक्स्ट–जेनेरेशन सिक्वेन्सिङ (एनजीएस) प्रविधि जटिल जेनेटिक परीक्षणका लागि प्रयोग गरिन्छ। यसले रोग पहिचान, क्यान्सर प्रगतिका चरणहरू र अनुवांशिक रोगहरूको निदान र उपचारमा महत्तत्वपूर्ण योगदान पुर्‍याउँछ,’ कार्यक्रममा एनपीएलले जानकारी दिएको छ।

प्रबन्ध निर्देशक जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे। उनले जेनेटिक सम्बन्धि राष्ट्रियस्तरमा विभिन्न अनुसन्धान गर्न नेपाल सरकारसँग सार्वजनिक निजी साझेदारी गर्न तयार रहेको बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा चोपलाल भुषालले नेपालमा यतिको प्रविधियुक्त गुणस्तरीय प्रयोगशाला हुनु सारा नेपालीहरुको लागि गर्वको विषय भएको र यसबाट धेरैभन्दा धेरै लाभ लिनको लागि सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरे।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा अनिलबिक्रम कार्कीले प्रयोगशाला परीक्षण नेपाल बाहिर पठाउँदा अनेक किसिमका समस्या नमुनाको गुणस्तर सुनिश्चितता, चिकित्सक र प्रयोगशालाको समन्वय नहुने भएकोले बिरामीको निदान तथा उपचारमा समस्या हुने र अब नेपालमै यस्ता विशिष्टीकृत परिक्षणहरु उपलब्ध भएको हुँदा धेरै सजिलो हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वदेशमै विशिष्टीकृत परिक्षण सेवाहरु प्रदान गरिरहेका निजि प्रयोगशालाहरुसँग सार्वजनिक निजी साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे।

वरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेसज्ञ डा भोला रिजालले ऐलेको आवश्येकता बुझेर ठूलो जोखिम मोली यो स्तरको प्रयोगशाला संचालन गरेकोमा नेशनल प्याथ ल्याबलाई बधाई तथा शुभकामना दिए।