Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य : महासचिव पोखरेल

१२ माघ २०८१ १९:५८

काठमाडौँ, माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालसंग भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्रको सुधारले मात्र मुलुकको सामाजिक सूचकमा पनि प्रगति हुने बताए ।

“स्वास्थ्य क्षेत्र कमजोर रह्यो भने सामजिक सुचकका दृष्टिकोणले हामीले हाम्रो मुलुकलाई सुखी र समृद्धि भन्न सक्दैनौ । यो क्षेत्रको विकास अपरिहार्य छ । त्यसले मात्र हामीले निर्धारण गरेको सङ्कल्पलाई पुरा गर्न सक्दछ,” उनले भने ।

उनले भविष्यमा चिकित्सा सेवालाई परिमाणका आधारमा विकास गर्न जरुरी रहेको छ ।

महासचिव पोखरेलले आजपनि ठूलो संख्यामा नेपाली उपचारका लागि बाहिर जाने स्थिति रहेको भन्दै उच्च मध्यम र सिमा क्षेत्रका गरिवी जनता पनि उपचारका लागि भारत जाने गरेको भनाई राखे ।

उनले नेपालमा भएको उपचार सेवाको क्षमतालाई चिकित्सा क्षेत्रसंग जोड्न सक्यो भने बाहिरका मानिसलाई उपचारका लागि नेपाल भित्र्याउने आधार निर्माण हुने भन्दै त्यसका लागि चिकित्सा सेवाको सामाथ्य बृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति ठूलो सङ्ख्यामा रहेको उल्लेख गदै यो जनशक्ति अझ केही दशक कायम रहने बताए ।
उनले नेपालमा विकासको सम्भावना रहेकोले केही गर्नका लागि अवसर रहेको बताए ।

मुलुकले उत्पादन गरेका जनशक्तिको झण्डै ८० प्रतिशत जनशक्ति बाहिर जाने गरेको तथ्याङ्क सार्वजनिक भएको भन्दै उनले भने “स्वास्थ्य पूर्वाधार निर्माण गर्न नसक्नु र जनशक्तिका लागि प्रयाप्त ठाउँ उपलब्ध गराउन नसक्नु रहेको छ ।”

महासचिव पोखरेलले पूर्वाधार तयार नभएकोले जनशक्तिलाई रोक्न नसकेको भन्दै तर भविष्यमा त्यो अवस्था अन्त्य गर्नुपर्ने भनाई राखे ।
स्वास्थ्य क्षेत्रका विकास स्वास्थ्यकर्मीले गर्नुपर्नेमा भन्दै पार्टीले महासङ्घले बनाएका योजनालाई कार्यन्वयन गर्ने भनाई राखे ।

महासङ्घका अध्यक्ष डा. झलक शर्मा गौतमले पार्टीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताए ।