Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य : महासचिव पोखरेल

१२ माघ २०८१ १९:५८

काठमाडौँ, माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालसंग भेटघाटमा उहाँले स्वास्थ्य क्षेत्रको सुधारले मात्र मुलुकको सामाजिक सूचकमा पनि प्रगति हुने बताए ।

“स्वास्थ्य क्षेत्र कमजोर रह्यो भने सामजिक सुचकका दृष्टिकोणले हामीले हाम्रो मुलुकलाई सुखी र समृद्धि भन्न सक्दैनौ । यो क्षेत्रको विकास अपरिहार्य छ । त्यसले मात्र हामीले निर्धारण गरेको सङ्कल्पलाई पुरा गर्न सक्दछ,” उनले भने ।

उनले भविष्यमा चिकित्सा सेवालाई परिमाणका आधारमा विकास गर्न जरुरी रहेको छ ।

महासचिव पोखरेलले आजपनि ठूलो संख्यामा नेपाली उपचारका लागि बाहिर जाने स्थिति रहेको भन्दै उच्च मध्यम र सिमा क्षेत्रका गरिवी जनता पनि उपचारका लागि भारत जाने गरेको भनाई राखे ।

उनले नेपालमा भएको उपचार सेवाको क्षमतालाई चिकित्सा क्षेत्रसंग जोड्न सक्यो भने बाहिरका मानिसलाई उपचारका लागि नेपाल भित्र्याउने आधार निर्माण हुने भन्दै त्यसका लागि चिकित्सा सेवाको सामाथ्य बृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति ठूलो सङ्ख्यामा रहेको उल्लेख गदै यो जनशक्ति अझ केही दशक कायम रहने बताए ।
उनले नेपालमा विकासको सम्भावना रहेकोले केही गर्नका लागि अवसर रहेको बताए ।

मुलुकले उत्पादन गरेका जनशक्तिको झण्डै ८० प्रतिशत जनशक्ति बाहिर जाने गरेको तथ्याङ्क सार्वजनिक भएको भन्दै उनले भने “स्वास्थ्य पूर्वाधार निर्माण गर्न नसक्नु र जनशक्तिका लागि प्रयाप्त ठाउँ उपलब्ध गराउन नसक्नु रहेको छ ।”

महासचिव पोखरेलले पूर्वाधार तयार नभएकोले जनशक्तिलाई रोक्न नसकेको भन्दै तर भविष्यमा त्यो अवस्था अन्त्य गर्नुपर्ने भनाई राखे ।
स्वास्थ्य क्षेत्रका विकास स्वास्थ्यकर्मीले गर्नुपर्नेमा भन्दै पार्टीले महासङ्घले बनाएका योजनालाई कार्यन्वयन गर्ने भनाई राखे ।

महासङ्घका अध्यक्ष डा. झलक शर्मा गौतमले पार्टीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताए ।