Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता

१९ माघ २०८१ २०:५८

काठमाडौं- त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि प्रारम्भिक छनोटमा चार जना परेका छन्। कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले चार जनालाई माघ २३ गते अन्तर्वार्ताका लागि बोलाएको छ।

छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।

समितिका अनुसार अन्तर्वार्तामा आउँदा उनीहरुलाई अस्पताल सञ्चालन सम्बन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतीकरण समेत तयारी गरी ल्याउन भनिएको छ। समितिले हरेक उम्मेदवारलाई आधा घण्टाको समय दिने र सोही अनुसार आधा घण्टाको फरकमा उम्मेदवारहरुलाई बोलाएको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको समयावधि सकिएपछि उक्त पद रिक्त छ। अहिले अस्पतालमा प्राडा घनश्याम गुरुङले निमित्त निर्देशकको जिम्मेवारी पाएका छन्।