Trending
भरतपुर अस्पतालले स्वास्थ्य बीमाबाट पाउनुपर्ने रकम एक अर्ब नाघ्यो, सञ्चालनमै संकट     |     वीरगञ्जमा हैजाको आतंक, संक्रमित ९३ पुग्दा अस्पतालहरूमा चाप     |     भेरी अस्पतालमा निःशुल्क डायलायसिस सेवा सुरु     |     ट्रमा सेन्टरमा आधुनिक प्रविधिबाट मेरुदण्ड शल्यक्रिया सफल     |     बिरगंजमा हैजा नियन्त्रणका लागि सरकार र WHO सक्रिय     |     चितवनमा स्क्रब टाइफसबाट महिलाको मृत्यु, संक्रमितको संख्या ७३ पुग्यो     |     हैजा नियन्त्रणका लागि वीरगञ्जका सामुदायिक तथा निजी विद्यालय आइतबार र सोमबार बन्द     |     कान्तिपुर डेन्टल कलेज र भारतको माइन्डस् बीच शैक्षिक सहकार्य सम्झौता     |     वीरगञ्जमा हैजाको प्रकोप : दुई दिनमै २८ संक्रमित, दुईको मृत्यु, विद्यालय बन्द     |     विपन्न नागरिक उपचार कार्यक्रम अब स्वास्थ्य बीमा बोर्डमार्फत     |    
स्वास्थ्य समाचार

नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान सुरु

१२ फाल्गुन २०८१ २१:१४

काभ्रेपलाञ्चोक, १२ फागुनः नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान सुरु गरिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले बताए । उनका अनुसार अभियानमा उक्त उमेर समूहमा बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौँलाको परीक्षण गरिनेछ । अभियानका क्रममा स्वास्थ्य परीक्षण पश्चात नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिने जनाइएको छ ।

कार्यालयका अनुसार सहरी स्वास्थ्य कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ स्थानमा अभियान कार्यक्रम सञ्चालन गरिने छ, भने जिल्लाको १३ वटै स्थानीय तहले यससम्बन्धी छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नेछन् ।

अभियान कार्यक्रमले काभ्रेपलाञ्चोकमा नसर्ने रोग न्यूनीकरण हुने अपेक्षा गरिएको छ । अभियान एक महिना सञ्चालन हुने जनाइएको छ ।

यसैबीच मण्डनदेउपुर नगरपालिकाले मोतियाविन्दु पहिचान तथा शल्यक्रियाका लागि निःशुल्क आँखा शिविरको सुरुआत गरेको छ । आइतबार वडा नं १ स्थित डाँडागाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुरु गरिएको शिविर बनेपाको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले प्राविधिक सहयोग गरेकोमा नगरको १२ वटै वडामा सञ्चालन गर्ने जनाइएको छ । शिविरमा आँखामा मोतियाविन्दुको समस्या देखिएकाको मासुनागा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।

नगर स्वास्थ्य शाखाका अनुसार आइतबार सञ्चालित शिविरमा ७२ जनाको आँखा परीक्षण गरिएकामध्ये छ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । आँखामा समस्या देखिएकाको क्रमैसँग शल्यक्रिया गर्दै जाने शाखाले जनाएको छ । आज वडा नं २ को बालुवापाटी स्वास्थ्य चौकी तथा बिहीबार वडा नं ५ स्थित गैह्रीबिसौना स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जनाइएको छ ।