Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

धुलिखेल अस्पतालका मानसिक रोग विभाग प्रमुखसहित ४ चिकित्सक निलम्बित

१६ फाल्गुन २०८१ २१:५६

काभ्रे फागुन,१६ धुलिखेल अस्पतालका आवासीय चिकत्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई निलम्बन गरेको छ। अस्पतालका विभागीय प्रमुख डा अजय रिसाल सहितका ४ जना चिकित्सकहरुलाई निलम्बन गर्ने निर्णय गरेको रजिष्ट्रार डा .सतिश देवले जानकारी दिनु भएको छ ।

यहि फागुन १२ गतेको पूर्ण बैठकले उक्त निर्णय गरेको थियो। काउन्सिलले डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई  एक साता कामकार्वाहीमा संलग्न नगर्न/नगराउन काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनलाई काउन्सिलले पत्राचार गरेको रजिष्ट्रार डा देवले बताए।

विभागीय प्रमुखसहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरुले विरोध जनाएका थिए। उक्त घटना पहिलो नभइ त्यसअघि पनि त्यस्ता घटना घटेको उनीहरुको भनाइ थियो।

उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो।  उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको डा देवले बताए।

डा देवका अनुसार थप छानविनका लागि डा विश्व दवाडीको नेतृत्वमा समिति बनेको छ। समितिमा डा कुन्जाङ शेर्पा, डा आनन्द शर्मा, डा रुपक घिमिरे र राजेश्वर अधिकारी सदस्य छन्।

डा देवका अनुसार चारै जना चिकित्सकलाई बयानका लागि तीन दिनभित्र काउन्सिलमा उपस्थित हुन समेत पत्राचार गरिएको छ।