Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

धुलिखेल अस्पतालका मानसिक रोग विभाग प्रमुखसहित ४ चिकित्सक निलम्बित

१६ फाल्गुन २०८१ २१:५६

काभ्रे फागुन,१६ धुलिखेल अस्पतालका आवासीय चिकत्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई निलम्बन गरेको छ। अस्पतालका विभागीय प्रमुख डा अजय रिसाल सहितका ४ जना चिकित्सकहरुलाई निलम्बन गर्ने निर्णय गरेको रजिष्ट्रार डा .सतिश देवले जानकारी दिनु भएको छ ।

यहि फागुन १२ गतेको पूर्ण बैठकले उक्त निर्णय गरेको थियो। काउन्सिलले डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई  एक साता कामकार्वाहीमा संलग्न नगर्न/नगराउन काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनलाई काउन्सिलले पत्राचार गरेको रजिष्ट्रार डा देवले बताए।

विभागीय प्रमुखसहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थीहरुले विरोध जनाएका थिए। उक्त घटना पहिलो नभइ त्यसअघि पनि त्यस्ता घटना घटेको उनीहरुको भनाइ थियो।

उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो।  उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको डा देवले बताए।

डा देवका अनुसार थप छानविनका लागि डा विश्व दवाडीको नेतृत्वमा समिति बनेको छ। समितिमा डा कुन्जाङ शेर्पा, डा आनन्द शर्मा, डा रुपक घिमिरे र राजेश्वर अधिकारी सदस्य छन्।

डा देवका अनुसार चारै जना चिकित्सकलाई बयानका लागि तीन दिनभित्र काउन्सिलमा उपस्थित हुन समेत पत्राचार गरिएको छ।