Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

स्वास्थ्य सचिवमा डा.बिकास देवकोटा नियुक्त

२२ फाल्गुन २०८१ २०:५४

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव  नियुक्त डा विकास देवकोटा नियुक्त भएका छन। बुधबार बसेकाे मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।

बिहिबार दिउसो उनले पदभार ग्रहण गरेका छन। २०५३ सालमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए।

डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्म भएका छन । डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव बटुलेका छन ।

कोभिड १९ को समयमा मन्त्रालयले गरेको नियमित स्वास्थ्य ब्रिफिङमा समयमा उनको प्रस्तुति सार्वजनिक रुपमा रुचाइएको थियो।  स्वास्थ्य क्षेत्रको तल्लो तहदेखि माथिल्लो निकायसम्म बुझेको कर्मचारीका रुपमा चिनिन्छ। स्वास्थ्यका नीतिगत विषयदेखि कार्यक्रमहरुका विषयमा बुझेर निर्णय गर्ने कर्मचारीका रुपमा मन्त्रालयमा उनलाई लिने गरिएको छ।

उनी सचिवमा बढुवा भएपछि स्वास्थ्य सेवा विभाग महानिर्देशकको पद खाली भएको छ। डा देवकोटासँगै सचिवमा सिफारिस डा संगीता कौशल मिश्र र डा टंक बाराकोटीमध्येले एकले उक्त जिम्मेवारी प्राप्त गर्नेछन्।