Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

स्वास्थ्य सचिवमा डा.बिकास देवकोटा नियुक्त

२२ फाल्गुन २०८१ २०:५४

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव  नियुक्त डा विकास देवकोटा नियुक्त भएका छन। बुधबार बसेकाे मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो।

बिहिबार दिउसो उनले पदभार ग्रहण गरेका छन। २०५३ सालमा मेडिकल अधिकृतका रुपमा उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए।

डाक्टर विकासले मेडिकल अधिकृतदेखि जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्म भएका छन । डा देवकोटाले स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण महाशाखाको प्रमुखका साथै स्वास्थ्य सेवा विभागको महानिर्देशकसम्मको अनुभव बटुलेका छन ।

कोभिड १९ को समयमा मन्त्रालयले गरेको नियमित स्वास्थ्य ब्रिफिङमा समयमा उनको प्रस्तुति सार्वजनिक रुपमा रुचाइएको थियो।  स्वास्थ्य क्षेत्रको तल्लो तहदेखि माथिल्लो निकायसम्म बुझेको कर्मचारीका रुपमा चिनिन्छ। स्वास्थ्यका नीतिगत विषयदेखि कार्यक्रमहरुका विषयमा बुझेर निर्णय गर्ने कर्मचारीका रुपमा मन्त्रालयमा उनलाई लिने गरिएको छ।

उनी सचिवमा बढुवा भएपछि स्वास्थ्य सेवा विभाग महानिर्देशकको पद खाली भएको छ। डा देवकोटासँगै सचिवमा सिफारिस डा संगीता कौशल मिश्र र डा टंक बाराकोटीमध्येले एकले उक्त जिम्मेवारी प्राप्त गर्नेछन्।