Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

वीर अस्पतालको निर्देशक डा दिलिप शर्मा नियुक्त

२७ फाल्गुन २०८१ २०:१४

काठमाडौँ, २७ फागुन । सरकारले वीर अस्पतालको निर्देशक डा दिलिप शर्मा नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दुई बर्षका लागि डा. शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् । उनी सोही अस्पतालका १० औ तहका कर्मचारी हुन् । यसअघिका निर्देशक डा. सन्तोष पौडेलको दुई बर्षे पदावधि गत फागुन ४ गते सकिएको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री पौडेलले वीरको निर्देशक पदमा नियुक्त गरेका हुन् ।

उपकुलपति प्राडा बस्नेतले डा शर्मा सहित डा अनुपमा कार्की र डा समाज गौतम गरी तीन जनाको नाम निर्देशकका लागि सिफारिस गरेका थिए ।
नवनियुक्त निर्देशक डा. शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिन्छन् ।डा शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्।

डा शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन्।