Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

वीर अस्पतालको निर्देशक डा दिलिप शर्मा नियुक्त

२७ फाल्गुन २०८१ २०:१४

काठमाडौँ, २७ फागुन । सरकारले वीर अस्पतालको निर्देशक डा दिलिप शर्मा नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दुई बर्षका लागि डा. शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् । उनी सोही अस्पतालका १० औ तहका कर्मचारी हुन् । यसअघिका निर्देशक डा. सन्तोष पौडेलको दुई बर्षे पदावधि गत फागुन ४ गते सकिएको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री पौडेलले वीरको निर्देशक पदमा नियुक्त गरेका हुन् ।

उपकुलपति प्राडा बस्नेतले डा शर्मा सहित डा अनुपमा कार्की र डा समाज गौतम गरी तीन जनाको नाम निर्देशकका लागि सिफारिस गरेका थिए ।
नवनियुक्त निर्देशक डा. शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिन्छन् ।डा शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन्।

डा शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसकेका छन्।