Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग ः स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग

७ बैशाख २०८२ १९:३६

काठमान्डौ,बैशाख ७, स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गनुपर्ने माग राखी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।
संघियतालाई सफल रुपमा कार्यान्वयन गर्न लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन तत्काल जारी गनुपर्ने तर हालसम्म पनि औपचारिक रुपमा स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रिया समेत नगरेकोले तत्काल सरोकारवालाहरुको सहभागितामा छुुट्टै स्वास्थ्य सेवा ऐन ल्याउनु पर्ने खतिवडालाई ध्यानाकर्षण गराएका छन ।
ध्यानाकर्षणमा संयुक्त निजामती कर्मचारी टे«ड युनियनहरुले स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गनुपर्ने माग प्रति गम्भिर ध्यानाकर्षण भएको र निजामती टे«ड युनियनहरुको हैकमवादि र निरकुंश प्रवृति भएको र आफ्नो क्षेत्राधिकारको सामान्य मर्यादालाई समेत उलंघन गरेको र स्वास्थ्यकर्मी टे«ड युनियनहरुको सौदावाजी गर्ने हक प्रति उव्जाएको हुदाँ उक्त निजामती टे«ड युनियनहरुको विज्ञप्तिप्रति आपति जनाएको छ ।
स्वास्थ्य सेवालाई गुणस्तिरिय, सर्वसुलभ, पहुँचयोग्य र जनमुखि बनाइ जनताकको मौलिक हकको रुपमा स्थापित गर्न संघ, प्रदेश र स्थानिय तहको अवनत्व हुने तत्काल एकिकृत स्वास्थ्य सेवा ऐन जारी गनुपर्ने राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रीय अध्यक्ष लिलाराम थापाले बताउनु भएको छ ।
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ, एकिकृत स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरमको संयुक्त हस्ताक्षर पत्र नेपाली काग्रेसका प्रमुख सचेतक माननीय श्याम घिमिरे नेकपा एमालेका प्रमुख सचेतक माननीय महेश बतौला नेकपा माओवादीका प्रमुख सचेतक माननीय हितराज पाण्डे लाई ध्यानाकर्षण गराउदै छुटै स्वास्थ्य सेवा ऐन जारी नभएमा आन्दोलन गर्ने अध्यक्ष थापाले बताउनु भएको छ ।