Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
Uncategorized

मधेस प्रदेश को स्वास्थ सचिवमा मिश्र नियुक्त

१० बैशाख २०८२ १३:१२

काठमाडौं- मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा श्रवण मिश्र नियुक्त भएका छन्।

मन्त्रिपरिषदको बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।

मिश्र प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्। उनी कोशी अस्पतालमा कार्यरत थिए।

मेडिकल ल्याब टेक्नोलोजिष्ट समूहबाट सचिवको जिम्मेवारी पाउनेमा मिश्र सम्भवत पहिलो नै हुन्।

मिश्रले सचिवको पत्र बुझिसकेका छन्।

मिश्र जनस्वास्थ्य विषयका पनि विज्ञ हुन्। उनले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका हुन्।