Trending
भरतपुर अस्पतालले स्वास्थ्य बीमाबाट पाउनुपर्ने रकम एक अर्ब नाघ्यो, सञ्चालनमै संकट     |     वीरगञ्जमा हैजाको आतंक, संक्रमित ९३ पुग्दा अस्पतालहरूमा चाप     |     भेरी अस्पतालमा निःशुल्क डायलायसिस सेवा सुरु     |     ट्रमा सेन्टरमा आधुनिक प्रविधिबाट मेरुदण्ड शल्यक्रिया सफल     |     बिरगंजमा हैजा नियन्त्रणका लागि सरकार र WHO सक्रिय     |     चितवनमा स्क्रब टाइफसबाट महिलाको मृत्यु, संक्रमितको संख्या ७३ पुग्यो     |     हैजा नियन्त्रणका लागि वीरगञ्जका सामुदायिक तथा निजी विद्यालय आइतबार र सोमबार बन्द     |     कान्तिपुर डेन्टल कलेज र भारतको माइन्डस् बीच शैक्षिक सहकार्य सम्झौता     |     वीरगञ्जमा हैजाको प्रकोप : दुई दिनमै २८ संक्रमित, दुईको मृत्यु, विद्यालय बन्द     |     विपन्न नागरिक उपचार कार्यक्रम अब स्वास्थ्य बीमा बोर्डमार्फत     |    
Uncategorized

मधेस प्रदेश को स्वास्थ सचिवमा मिश्र नियुक्त

१० बैशाख २०८२ १३:१२

काठमाडौं- मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा श्रवण मिश्र नियुक्त भएका छन्।

मन्त्रिपरिषदको बैठकले ११औं तहका मिश्रलाई मधेश प्रदेशको स्वास्थ्य सचिवमा कामकाजका लागि खटाउने निर्णय गरेको हो।

मिश्र प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्। उनी कोशी अस्पतालमा कार्यरत थिए।

मेडिकल ल्याब टेक्नोलोजिष्ट समूहबाट सचिवको जिम्मेवारी पाउनेमा मिश्र सम्भवत पहिलो नै हुन्।

मिश्रले सचिवको पत्र बुझिसकेका छन्।

मिश्र जनस्वास्थ्य विषयका पनि विज्ञ हुन्। उनले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका हुन्।