Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

नेपालगञ्जस्थित भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु, पहिलो दिन दुई जनाले पाए सेवा

१० बैशाख २०८२ १८:३९

काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको छ।

शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा सेवा सुरु गरिएको हो।

सेवाको पहिलो दिन दुई बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । यो सेवा अब नियमित हुने पनि बताइएको छ ।

विशिष्टिकृत स्वास्थ्य उपचार सेवा संघीय राजधानी बाहिरका अस्पतालहरुमा समेत विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलको  नीतअनुसार अन्य प्रादेशिक अस्पतालहरुमा समेत यस सेवा विस्तार गर्ने मन्त्रालयको योजना रहेको उल्लेख गरिएको छ।