Trending
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन     |     बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री     |     स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न स्वास्थ्य मन्त्रि पौडेलको आग्रह     |     चिकित्सकहरुको निर्वाह भत्ता विवाद: आठौं तह बराबर राखिएन, ४८ हजार ७३७ रकम तोकियो     |     दाङको भालुबाङ अस्पतालको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन, विशेषज्ञ सेवा विस्तार     |     मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकविरुद्ध मुद्दा     |     डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक     |     मानसिक स्वास्थ्यबारे सर्बोच्चको ऐतिहासिक फैसला     |     सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया शुरु     |     दन्त जनशक्तीलाई सरकारले तोकेको पारिश्रमिक कार्यन्वयनको माग देशभर ३२ सय दन्त जनशक्ती, ७ हजार देखि…     |    
स्वास्थ्य समाचार

स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न स्वास्थ्य मन्त्रि पौडेलको आग्रह

१७ बैशाख २०८२ ०६:१३

काठमाडौं, १६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।
स्वास्थ्य समन्वय समितिको आज तेस्रो बैठकको अध्यक्षता गर्दै उनले संघ, प्रदेश र स्थानीय तह तहले छरिएर काम गर्दा नतिजा निस्क्न समस्या भएको बताए ।
‘हामीले एक अर्काले फरक फरक ढंगले काम गरेर नतिजा दिन गाह्रो छ,’ उनले भने, ‘बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौं ।’
मन्त्री पौडेलले प्रदेश तथा संघ अन्र्तगतका अस्पतालहरुमा भने जति जनशक्ति र स्रोत साधन पुर्याउन नसकिएको भन्दै एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र स्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताए । ‘अस्पतालमा तीनै तह मिलेर लगानी गरौं,’ उनले भने, ‘यो अहिलेको उत्तम आवश्यकता हो ।’
उनले विशिष्टिकृत उपचार सेवा हरेक प्रदेशमा पुर्याउन प्रयास गरिरहेको उल्लेख गर्दै यसमा प्रदेश सरकार र स्थानीय तहबाट पनि साथ अपेक्षा गरेको बताए ।
‘हामीले क्यान्सर उपचार सेवा धेरै प्रदेशमा विस्तार भएको तथा मुटु उपचार र प्रत्यारोपण सेवासमेत विस्तार गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘जलन उपचार पनि सातै प्रदेशमा पुर्याउने योजना छ । यसमा प्रदेशबाट समेत साथ मिलेमा प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विश्वास छ ।’
उनले उपचारात्मक सेवा सुधार सँगै रोग लाग्न नदिनका लागि निरोधात्मक पद्दतीमा काम गर्ने प्रयास संघ सरकारले गरिरहेको भन्दै यसमा प्रदेश र स्थानीय तहबाट सहयोग अपेक्षा गरिएको बताए ।
‘अब नसर्ने रोगको निःशुल्क स्कृनिङ गर्न पालिकालाई २ लाख दिंदैछौं,’ उनले भने, ‘प्रदेश र पालिकाले पनि सहयोग गरौं । सबै मिलेर नसर्ने रोग कम गर्न व्यापक सहकार्य गरौं ।’
मन्त्री पौडेलले सबै तहमा बीमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गरे । बैठकमा विभिन्न प्रदेशका स्वास्थ्य मन्त्री, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बीमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारी सहभागी थिए ।