Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

बैतडि जिल्लाको सुर्नयामा १० शैयाको अस्पताल निर्माण हुँदै

२४ बैशाख २०८२ १८:२२

बैतडी, २४ वैशाखः जिल्लाको सुर्नया गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ । सुर्नया–५ पपितामा निर्माण भइरहेको अस्पताल हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको हो ।
सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले १० श्यया अस्पताल निर्माण तीव्र गतिमा भइरहेको बताउँदै ‘ए’ ब्लकमा तेस्रो तलाको छत ढलान गरी ‘बी’ ब्लकमा काम भइरहेको जानकारी दिए । उनले भने, “पछिल्लो समय अस्पताल निर्माण धमाधम भइरहेको छ । करिब ७० प्रतिशत काम सम्पन्न भइसकेकाले यथाशीघ्र सम्पन्न हुने विश्वास लिएका छौँ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नया पनि १० श्ययाको अस्पताल निर्माण भइरहेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु १४ करोडमा सिएम एसके शिवलिङ जेबीसँग विसं २०७८ मा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो ।
निर्धारित समयसीमा सकिएपछि म्याद आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुर्नया गाउँपालिका सबइञ्जिनियर शेरबहादुर विष्टले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरे । उनले भने, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमा सहज र सुलभ रूपमा स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्य छ ।”