Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

‘नर्सिङ क्षेत्रमा पनि राजनीतिकरण भइरहेको छ’

३० बैशाख २०८२ ०९:५७

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको नर्सिङ संकाय र कर्मचारीहरूको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०२५ भव्य रूपमा मनाएकाे छ।

अस्पताल परिसरमा आयोजित विशेष कार्यक्रममा नर्सहरूका अथक योगदान र समर्पणको उच्च सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा इन्दिरा शर्मा बरालको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नर्सहरूको सेवाभाव र बिरामीको हेरचाहमा उनीहरूको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेकी थिइन् । उनले स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन नर्सहरूको लगनशीलता र व्यावसायिकता अपरिहार्य रहेको बताइन् ।कार्यक्रमको समापनमा अस्पताल प्रशासनले स्वास्थ्य सेवामा समर्पित सम्पूर्ण नर्सहरूप्रति कृतज्ञता ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको थियो।