Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

‘नर्सिङ क्षेत्रमा पनि राजनीतिकरण भइरहेको छ’

३० बैशाख २०८२ ०९:५७

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको नर्सिङ संकाय र कर्मचारीहरूको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०२५ भव्य रूपमा मनाएकाे छ।

अस्पताल परिसरमा आयोजित विशेष कार्यक्रममा नर्सहरूका अथक योगदान र समर्पणको उच्च सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा इन्दिरा शर्मा बरालको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नर्सहरूको सेवाभाव र बिरामीको हेरचाहमा उनीहरूको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरेकी थिइन् । उनले स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन नर्सहरूको लगनशीलता र व्यावसायिकता अपरिहार्य रहेको बताइन् ।कार्यक्रमको समापनमा अस्पताल प्रशासनले स्वास्थ्य सेवामा समर्पित सम्पूर्ण नर्सहरूप्रति कृतज्ञता ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको थियो।