Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

सुत्केरी आमालाई नगद पाचँ हजार पोषण खर्च

६ जेष्ठ २०८२ २१:३१

नवलपरासी, ६ जेठ नवलपरासी ९ बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाले ९३ जना सुत्केरी आमालाई नगद पाँच हजारका दरले पोषण खर्च उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा हालसम्म सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिकाभित्रका ९३ जना सुत्केरी आमालाई रकम हस्तान्तरण गरिएको हो ।
सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोषण खर्च दिने कार्यक्रम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । “सुत्केरी आमालाई आर्थिक सहायता, पोषण र स्याहारको खाँचो विशेष रूपमा महसुस हुन्छ, यिनै आवश्यकतालाई बुझेर गाउँपालिकाका तर्फबाट केही भए पनि रकम दिने व्यवस्था मिलाइएको हो,” उनले भने ।
हुप्सेकोट गाउँपालिकाभित्र रहेका सबै वर्ग समुदायभित्रका महिलालाई सुत्केरी समयमा आधारभूत पोषणको कमी नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । सुत्केरी भएपश्चात् बैङ्क खातामा रकम पठाइने भए पनि तत्कालको गर्जो सापटीमार्फत चलाउन सक्ने आधार पोषण खर्च कार्यक्रमले सुनिश्चित गरेको अध्यक्ष पाण्डेले बताए ।
“यो कार्यक्रममार्फत मातृ र शिशु मृत्यु दर घटाउने हाम्रो प्रयास हो,” उनले भने, “हामी चाहन्छौँ सुत्केरी महिला पोसिलो आहार खान सकुन्, आफूलाई स्याहार गर्न सकुन् ।”
गाउँपालिकाले यो कार्यक्रमलाई मातृ स्वास्थ्यसँगै महिला आत्मनिर्भरताको पनि एउटा पाइलाको रूपमा लिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । “हामीले पोषण खर्चका साथै स्वास्थ्य सल्लाह, नियमित चेकजाँच, र भिटामिन वितरणजस्ता सेवा पनि सँगसँगै प्रवाह गरिरहेका छौँ”,उनले भने ।
हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका महिला गर्भवती अवस्थामा चार पटक स्वास्थ्य संस्थामा परीक्षणका लागि गएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चाको जन्म दर्ता गरेको प्रमाण पेस गरेपछि गाउँपालिकाले रकम उपलब्ध गराउने गरेको छ । यो सहायता रकम महिला आफँैले प्रयोग गर्न सक्ने व्यवस्था गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र रेग्मीले बताए ।
“यस कार्यक्रममार्फत गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, अस्पतालमा नै सुत्केरी हुने अवस्था र नवजात शिशुको समयमै जन्म दर्ता गराउने बानीको विकाश भएको पाएका छौँ,” उनले भने “एउटै कार्यक्रमले मातृ शिशुको स्वास्थ्य सँगसँगै बच्चाको जन्म दर्ताको सुनिश्चितता गरेको छ ।”
हुप्सेकोट गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी स्याहार पोषण खर्च’ कार्यक्रमले आमाको जीवनमा राहत, स्वास्थ्यमा सुधार र समूदायमा सकारात्मक सन्देश दिन सफल भएको स्थानीय महिलाको भनाइ छ ।