Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

७ जेष्ठ २०८२ १५:१३

काठमाडौँ, ७ जेठ । भक्तपुर क्यान्सर अस्पतालले ग्रामीण भेगका जनताको क्यान्सर रोगको स्किनिङ्ग गर्नका लागि निःशुल्क परीक्षण शिविर संचालन गरेको छ ।

पूर्वका इलाम, पाँचथर, संखुवासभा, धनकुटा जिल्लामा महिला पाठेघर तथा स्तर क्यान्सर स्क्रिनिङ्ग निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गर्न थालेको अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए ।

महिला उनीहरुको स्वास्थय जाचँ गरेका छन् । पहिलो दिन जेठ ८ गते इलाम, जेठ ९ गते र १० गते फिदिम अस्पताल, जेठ ११ गते संखुवासभाको शनिश्चेर र जेठ १३ धनकुटाको पाथीभास नगरपालिकामा शिविर संचालन हुने छ ।
अस्पतालले महिला पाठेघर तथा स्तर क्यान्सर स्क्रिनिग निःशुल्क स्वास्थ्य परीक्षण शिविर गर्दै आइरहेको छ ।