Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

भरतपुर र गेटा अस्पतालमा एमबीबीएस सुरु गर्न ५ करोड विनियोजन गरीएको छ

२१ जेष्ठ २०८२ २१:२६

काठमाडौं- चितवनस्थित भरतपुर अस्पताल र कैलालीस्थित गेटा अस्पताल (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा एमबीबीएस सुरु गर्न ५ करोड बजेट विनियोजन गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षदेखि ती दुई ठाउँमा एमबीबीएस सुरु गर्ने लक्ष्य लिएको हो।

लामो समयदेखि गेटामा एमबीबीएस सुरु गर्ने भनिएपनि अझै तयारी पूरा भएको छैन। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन भर्खरै पारित भएको छ।

त्यसैगरी भरतपुरले पनि एमबीबीएस सञ्चालनका लागि केही समयदेखि नै तयारी गरिरहेको छ।