Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्धता गर्न गाउँ/नगरपालिकालाई पत्र

३ असार २०८२ १८:५०

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध हुन सबै गाउँ र नगरपालिकाहरुलाई पत्राचार गरेको छ।

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्र सहित पालिकाहरुलाई पत्राचार गरेको हो।
स्वास्थ्य मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई स्वास्थ्य बीमा ऐन अनुसार राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने व्यवस्था रहेको उल्ले गर्दै स्थानीय सरकार र मातहतका निकाय तथा कार्यलयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गर्न सहजीकरण गरिदिन आग्रह गरेको थियो।संघीय मामिला मन्त्रालयले स्वास्थ्यको सोही पत्रसहित पालिकाहरुलाई पत्राचार गरेको हो।