Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन् ।

७ असार २०८२ २१:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन् ।
धानमन्त्री ओलीले हामीले योगलाई दैनिक चर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्छ भन्नेमा जोड दिए ।

“पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डक्टर चाहिन्छ धेरै डक्टर उत्पादन गर्छौं, तर डाक्टरको सङ्ख्या बढाउनेभन्दा बढी रोगीहरूको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो,” उनले भने ।

उनले मानिसको जीवनमा लागु गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी हो भने । “आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा हैन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहङ्कारीहरूले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको बेला पवित्र भावना राख्छु, योगले स्वास्थसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्,” उनले भने ।

प्रधानमन्त्री ओलीले योग र ब्रह्माचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने होइन भने । “समाजको मान्यताभित्र रहेर बस्नुपर्छ, कानुनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरूलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वस्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाह जीवन बिताएर आफू खराब हुने र भगवान्लाई दोष दिएर डक्टरकामा जानेभन्दा योग र ध्यानमा जोड दिएर खुसी जीवन बिताउनेमा ध्यान दिनुपर्छ