Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
आयुर्वेद

आयुर्वेद परिषद्को अध्यक्षमा डा. श्याममणि अधिकारी नियुक्त

११ असार २०८२ ०९:०३

काठमाडौं,१० असार । आयुर्वेद चिकित्सा परिषद्ले ९ महिनापछि नेतृत्व पाएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ९ महिना पछि आयुर्वेद परिषद्को अध्यक्षमा डा. श्याममणि अधिकारी नियुक्त गरेका छन् ।

नेपालको स्वास्थ्य सेवामा ३३ वर्ष काम गरेका उनले आयुर्वेद र जडिबुटीका विषयमा पुस्तक समेत प्रकाशन गरेका छन् ।

यसैगरी परिषदको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा. ऐश्वर्य श्रेष्ठ, दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त भएका छन् ।

परिषद्मा निर्वाचनबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था रहेको छ।

हाल निर्वाचन नभएका कारण ती सदस्यहरु भने रिक्त रहेका छन्। मनोनयन तर्फ पनि एक जना नियुक्त हुन बाँकी रहेको छ