Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
आयुर्वेद

आयुर्वेद परिषद्को अध्यक्षमा डा. श्याममणि अधिकारी नियुक्त

११ असार २०८२ ०९:०३

काठमाडौं,१० असार । आयुर्वेद चिकित्सा परिषद्ले ९ महिनापछि नेतृत्व पाएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ९ महिना पछि आयुर्वेद परिषद्को अध्यक्षमा डा. श्याममणि अधिकारी नियुक्त गरेका छन् ।

नेपालको स्वास्थ्य सेवामा ३३ वर्ष काम गरेका उनले आयुर्वेद र जडिबुटीका विषयमा पुस्तक समेत प्रकाशन गरेका छन् ।

यसैगरी परिषदको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा. ऐश्वर्य श्रेष्ठ, दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त भएका छन् ।

परिषद्मा निर्वाचनबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था रहेको छ।

हाल निर्वाचन नभएका कारण ती सदस्यहरु भने रिक्त रहेका छन्। मनोनयन तर्फ पनि एक जना नियुक्त हुन बाँकी रहेको छ