Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

१३ असार २०८२ २१:५५

सिरहा, १३ असारः सिरहाको गोलबजार नगरपालिका–१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए ।

“स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने, “यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ ।”

गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भने, “स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने विश्वास छ ।”

साइकल वितरणले आफूहरुमा कामप्रति अझ बढी उत्प्रेरित हुन सहयोग पुगेको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । स्वास्थ्य स्वयंसेविका निमा लामाले भने, “हामीलाई घरदैलोमै सेवा दिनुपर्छ । धेरैपटक टाढाटाढा हिँड्नुपथ्र्यो, समय बढी खर्च हुन्थ्यो । अब साइकल पाएपछि हामी सहज रूपमा समुदायमा पुग्न सक्छौँ ।”

अर्की स्वयंसेविका पुजन थापाले भने “वडाले दिएको यो सहयोगले हाम्रो कामप्रति सम्मान महसुस गरायो । यसले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ ।”