Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
फर्मा

औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने

१९ असार २०८२ ०९:०४

काठमाडौँ, असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधीको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्नेे भएको छ ।
आज मन्त्रालय, आन्दोलरत औषधि उत्पादक संघ (एपोन), औषधि स्वास्थ सेवा र स्वास्थ सामाग्री सरोकारवाला समितिबीच भएको छलफलम प्रतिवेदनलाई सच्चाउन सहमति भएको एपोनका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्री प्रदीप पौडेलले नै नै नीति सुझावमा केही कमि कमजोरी रहेको बुझिएकोले आन्तरिक कमिटीको छलफल र आन्दोलनमा रहेको सम्पूर्ण सरोकारवालासंग थप राय सुझाव लिएर मात्रै प्रतिबेदन लाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डा. पोषराज पाण्डेको संयोजकत्वमा गठित समितिले साढे ८ महिना लगाएर बनाएको प्रतिवेदन गत २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको थियो । प्रतिवेदनले नेपालमा औषधि उत्पादन हुन नसक्ने र आयत पनि हुन नसक्ने तथा औषधि अभाव भै हाहाकार को स्थिति आउने भन्दै एपोन लगायत नौ वटा औषधिसंग सम्बन्धित संघसंस्था आन्दोलनरत रहेका छन् ।