Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
फर्मा

औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने

१९ असार २०८२ ०९:०४

काठमाडौँ, असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधीको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्नेे भएको छ ।
आज मन्त्रालय, आन्दोलरत औषधि उत्पादक संघ (एपोन), औषधि स्वास्थ सेवा र स्वास्थ सामाग्री सरोकारवाला समितिबीच भएको छलफलम प्रतिवेदनलाई सच्चाउन सहमति भएको एपोनका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्री प्रदीप पौडेलले नै नै नीति सुझावमा केही कमि कमजोरी रहेको बुझिएकोले आन्तरिक कमिटीको छलफल र आन्दोलनमा रहेको सम्पूर्ण सरोकारवालासंग थप राय सुझाव लिएर मात्रै प्रतिबेदन लाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डा. पोषराज पाण्डेको संयोजकत्वमा गठित समितिले साढे ८ महिना लगाएर बनाएको प्रतिवेदन गत २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको थियो । प्रतिवेदनले नेपालमा औषधि उत्पादन हुन नसक्ने र आयत पनि हुन नसक्ने तथा औषधि अभाव भै हाहाकार को स्थिति आउने भन्दै एपोन लगायत नौ वटा औषधिसंग सम्बन्धित संघसंस्था आन्दोलनरत रहेका छन् ।